११ चैत्र २०८२, बुधबार | March 26, 2026

पैचोका कर्मचारीलाई कोरोना बीमा



गुल्मी । बस्तु बिनिमयलाई आधार बनाएर ब्यवसाय गर्दै आएको पैँचो पसल प्रालिले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गरिदिएको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना माहामारी (कोभिड १९)का कारण जोखिममा रहेर काम गर्ने कर्मचारीहरुका लागि प्रालिले कोरोना बीमा गरिदिएको हो ।

पैचोका सबै शाखाका अग्रभागमा काम गर्ने ९१ जना कर्मचारीहरुको बीमा गरिएको पैचोका महाप्रबन्धक सुमन बरालले जानकारी दिनुभयो ।

जोखिमका बाबजुद काममा खटिने ९१ जना कर्मचारीहरुको प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरको बीमा गरिएको उहांले बताउनु भयो ।

कर्मचारीहरुमा कोरोना भाइरस परीक्षण गर्दा दुई पटक पोजेटिभ रिपोर्ट आएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम सम्बन्धित कर्मचारीलाई क्षतिपुर्ति स्वरुप प्रदान गर्ने सगरमाथा इन्स्योरेन्स गुल्मी शाखाका प्रमुख रमेश अधिकारीले बताए ।

कम्पनीले बीमालेख जारी गरि जिल्लाको सदरमुकाम तम्घासमा रहेको पैचो पसललाई हस्तान्तरण गरेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ५ : ३२ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई