१० चैत्र २०७९, शुक्रबार | March 25, 2023

प्रदेशको नीति अनुसार केन्द्रको बजेट आएको छ : मुख्यमन्त्री पोखरेल



बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले कोभिड—१९ महामारी नियन्त्रण र त्यसपछि श्रृजना हुने अवस्थाको व्यवस्थापन गर्ने गरी सरकारले काम अघि बढाएको बताउनुभएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री पोखरेलले प्रदेशको नीति अनुसार केन्द्रको बजेट आएको बताउनुभयो । हाम्रो नीति अनुसार केन्द्रको बजेट आएकोछ ,तसर्थ हामी ठीक ठाउँमा छौं—उहाँले भन्नुभयो । उहाँले प्रदेश सरकारको आगामी वर्षको बजेट यही विषयमा केन्द्रित हुने गरी आउने बताउनुभयो ।

उहांले कोभिड—१९ को नियन्त्रण र उपचारका लागि अहिले सरकारको ध्यान केन्द्रीत भएको बताउनुभयो । सरकारले प्रयाप्त काम र तयारी गर्दागर्दै भारतीय सुरक्षा निकायको कमजोर व्यवस्थापनले ठूलो संख्यामा सीमापारीबाट नागरिक आएकाले व्यवस्थापनमा अप्ठारो परेको बताउनुभयो । “यो परिस्थितिजन्य जटिलता हो,केही दिन समस्या भएपनि अहिले व्यवस्थापन मिलाइएको छ—उहाँले भन्नुभयो ।

उहाँले कोभिड—१९ ले प्रदेश सरकारको औचित्य स्थापित गरेको बताउनुभयो । “अहिले हामी जे गरिरहेका छौं,त्यो प्रयाप्त नहुनसक्छ, तर जति भएको छ, सक्रिय भूमिकाले भएको छ, अझै धेरै काम हुनुपर्छ भन्ने अपेक्षा राख्नु स्वाभाविकै हो—उहाँले भन्नुभयो ।

महामारी नियन्त्रण गर्न शक्तिशाली राष्ट्रले समेत घुडा टेकिरहेको अवस्थामा महामारी नियन्त्रण गर्न सक्रिय भएर लागेको उहाँले बताउनुभयो । “हाम्रो सामथ्र्ये अझै बढाउनुपर्छ, कमजोर स्वास्थ्य पूर्वाधार सुधार गर्न पहिलेदेखि नै ध्यान दिनुपर्दथ्यो, हामी स्वास्थ्य पूर्वाधार बढाउन ध्यान दिइरहेका छौं—उहाँले भन्नुभयो ।
उहाँले लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पताल बनाउने गरी काम भइहरेको र जिल्ला अस्पतालको सेवा प्रदेश सरकार स्थापना पछि सुधार भएको जानकारी दिनुभयो । उहाँले जिल्ला अस्पताललाई कम्तिमा ५० शैयाको हुने गरी विस्तार गर्न लागेको बताउनुभयो ।
छोटो समयमै दाङ, बाँके, बुटवल र भैरहवामा कोरोना विशेष अस्पताल स्थापना गरेर कोरोनाको उपचार गर्ने व्यवस्था मिलाएको र जिल्ला जिल्लामा आइसोलेसन केन्द्र बन्दै गरेको बहाँले बताउनुभयो ।

अहिलेसम्म संक्रमित अधिकांश भारतबाट आएका भएको र केही व्यवस्थापनमा खटेका भएको बताउँदै उहाँले अझै समुदायमा फैलिइनसकेको स्पष्ट पार्नुभयो ।

किसानको उत्पादनलाई बजार पु¥याउन कृषि एम्बुलेन्स चलाएर प्रदेश सरकारले अग्रसरता लिएको उहाँले बताउनुभयो । भविष्यमा खाद्य संकटको चुनौती सामना गर्ने गरी तयारीगर्नुपर्ने उहाँले बताउनुभयो । “उत्पादनको सुरक्षित भण्डारण र उत्पादनको विस्तार हुनुपर्छ । केन्द्र, प्रदेश र स्थानीय तह मिलेर गर्नुपर्छ—उहाँले भन्नुभयो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम आजै प्रदेशसभाबाट पारित भएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ६ : १८ बजे

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल

भैरहवा । शनिबार भैरहवामा इण्डो(नेपाल बक्सिङ खेलको आयोजना हुने भएको

बीपीसीको विद्युत् महसुल निर्धारण प्रस्तावमा जनप्रतिनिधिको असन्तुष्टि

बुटवल । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत्

कञ्चपुरकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

धनगढी । नेपालको कैलाली(कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त