७ आश्विन २०८३, बुधबार | September 23, 2026

संविधान संशोधन प्रस्ताव दर्ता गर्ने राजपाको चाहनामाथि संसद महासचिवले खन्याइदिए पानी



काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता महन्थ ठाकुरले देशको आधा जनसंख्या संविधानप्रति असन्तुष्ट रहेको बेला राष्ट्रिय एकताको कुरा गर्न नसकिने बताउनुभएको छ ।

संविधान संशोधन गर्नुपर्ने मागहरु उठाउँदै आएका आक्रोशित जनताहरुको कुरा नसुने राष्ट्रिय एकताको कुरा सम्भव नभएको उहाँले बताउनुभयो ।

संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेपनि दर्ता भने हुन सकेन । विधेयक दर्ता नभएपछि पत्रकारहरुसँग कुरा गर्दै नेता ठाकुरले भन्नुभयो, ‘अहिले देशको एक भागको जनताका आक्रोशित छन् । उसले आफ्नो अधिकारको माग गरेको छ त्यसलाई सुन्नुहुन्न र खाली आफ्नो कुरा सुनाउनु हुन्छ भने राष्ट्रिय एकताको कल्पना नगर्नुस् ।’

नेता ठाकुरसँगै राजपाका केही नेताहरु संशोधन विधेयक दर्ता गराउन सचिवालय पुगेपनि समाजवादी पार्टीका नेताहरु भने सहभागि थिएनन् । संविधान जारी भएदेखि नै राजपाले नागरिकता, भाषा, समानुपातिक प्रतिनिधित्व लगायतका विषयहरुमा संविधान संशोधन गर्नुपर्ने बताउँदै आएको छ ।

सरकारले नयाँ नक्सा जारी गरेसँगै संशोधनको प्रकृया अगाडि बढाएपछि राजपाले आफ्ना मागहरु पनि समेट्नुपर्ने बताएको छ । सोही अनुसार नेताहरु संसद सचिवालय पुगेपनि सचिवालयका महासचिव डा. भरतराज गौतमले आवश्यक अध्ययनपछि मात्रै दर्ता हुने बताएपछि नेताहरु आक्रोशित हुँदै फर्किएका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ८ : २० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई