१५ चैत्र २०७९, बुधबार | March 29, 2023

जेठ ३२ सम्म लकडाउन लम्बियो, असार १६ सम्म विमानस्थल बन्द



काठमाडौं । सरकारले जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

बैठकले आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान र सिमा नाका असार १६ गतेसम्म बन्द गर्ने पनि निर्णय गरेको छ ।

पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसअनुसार मन्त्रिपरिषदले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई प्राथमिकताका आधारमा ल्याउने कार्ययोजना पनि स्वीकृत गरेको छ ।

विदेशमा अलपत्र रहेका नेपालीले उनीहरु रहेको देशस्थित नेपाली दुतावासमा नाम दर्ता गराउनुपर्नेछ । त्यसपछि उद्दार गरेर ल्याइएकाहरूलाई काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेपछि मात्र आ-आफ्नो जिल्ला पठाउने योजना रहेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ९ : ०९ बजे

देउडा अभिनयमा जम्दै ‘झरना’

महेन्द्रनगर । पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना

बालुवाटारमा सत्ता गठबन्धन बैठक सुरु, सरकारको न्युनतम साझा कार्यक्रम मुख्य एजेण्डा

काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई

आज चैते दशैं, यस्तो छ चैते दशैंको धार्मिक महिमा

काठमाडौं । आज हिन्दुहरुको दोस्रो दशैंकारुपमा चैते दशैं पर्व मनाइँदै

बसाइँसराइले रित्तिँदै जैमिनीका गाउँ

बलेवा । दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई

पर्वतका दीर्घरोगी सरकारी राहतबाट बञ्चित

कुश्मा । सरकारले दीर्घरोगीलाई रु पाँच हजार राहत दिने निर्णय