३ चैत्र २०८२, मंगलबार | March 17, 2026

जेठ ३२ सम्म लकडाउन लम्बियो, असार १६ सम्म विमानस्थल बन्द



काठमाडौं । सरकारले जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

बैठकले आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान र सिमा नाका असार १६ गतेसम्म बन्द गर्ने पनि निर्णय गरेको छ ।

पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसअनुसार मन्त्रिपरिषदले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई प्राथमिकताका आधारमा ल्याउने कार्ययोजना पनि स्वीकृत गरेको छ ।

विदेशमा अलपत्र रहेका नेपालीले उनीहरु रहेको देशस्थित नेपाली दुतावासमा नाम दर्ता गराउनुपर्नेछ । त्यसपछि उद्दार गरेर ल्याइएकाहरूलाई काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेपछि मात्र आ-आफ्नो जिल्ला पठाउने योजना रहेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ९ : ०९ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन