७ आश्विन २०८३, बुधबार | September 23, 2026

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात



झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । उक्त अवधिमा पेट्रोल, डिजेल र ‘लिक्विफाइड पेट्रोलियम ग्यास’ (एलपिजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो ।

काँकडभिट्टा भन्सार कार्यालयका अनुसार रु १२ अर्ब १८ करोड सात लाख ६४ हजार बराबरको पेट्रोल आयात भएको छ भने डिजेल रु नौ अर्ब ५५ करोड ४९ लाख सात हजार र एलपिजी रु दुई अर्ब ७७ करोड १० लाख ७३ हजार बराबरको आयात भएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा पेट्रोल रु आठ अर्ब ९२ करोड ८५ लाख २६ हजार र डिजेल रु सात अर्ब तीन करोड ३२ लाख १९ हजार बराबरको आयात भएको थियो ।

उक्त कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार पेट्रोलियम पदार्थ आयात गरी गत आवमा पेट्रोलबाट रु पाँच अर्ब ८५ करोड ३७ लाख ५० हजार र डिजेलबाट रु दुई अर्ब ९३ करोड २२ लाख ३९ हजार राजस्व सङ्कलन भएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ८ : ३१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई