१४ जेष्ठ २०८०, आइतबार | May 28, 2023

संविधान संशोधन विधेयक प्रतिनिधिसभामा आज पेश हुँदै



काठमाडौं । अन्ततः संविधान संशोधन विधेयक प्रतिनिधिसभामा आज पेश हुने भएको छ । आजको बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बैठकमा विधेयक टेबुल गर्नुहुनेछ । सरकारले काँग्रेसको निर्णय कुरेर बसेको थियो ।

गत बुधबार पेश गर्ने कार्यसूचि रहेपनि अन्तिम समयमा आएर विधेयक पेश हुनबाट रोकिएको थियो । तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको शनिबार बसेको बैठकले विधेयकका पक्षमा मतदान गर्ने भएपछि सरकारले आज प्रतिनिधिसभाको बैठकमा विधेयक पेश गर्न लागेको हो ।

गत मंगलबार आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको मुद्दा जोडिएको विषय भएका कारण विधेयकमा कुनै शर्त नराखी सहयोग गर्न प्रतिपक्षी दलहरुलाई आग्रह गर्नुभएको थियो ।

काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गर्ने जनाएको थियो । शनिबार बसेको काँग्रेस बैठकले विधेयकका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको छ ।

मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले भने विधेयकलाई समर्थन नगर्ने निर्णय गरेको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर जारी गरिएको नयाँ नक्शा अनुसार नेपालको संविधानको अनुसूचि ३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन गर्न लागिएको हो ।

संविधान संशोधन भएपछि नयाँ नक्शाले औपचारिक रुपमा मान्यता पाउनेछ भने सरकारले संयुक्त राष्ट्र संघ लगायत सबै विदेशी नियोगहरुमा समेत नयाँ नक्शा बुझाउने छ । भारतसँग सीमाको विषयमा वार्ता हुँदा अब नेपालले नयाँ नक्शा अनुसार नै आफ्नो अडान प्रस्तुत गर्नेछ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ७ : ४१ बजे

संसदीय सुनुवाइ समिति गठन, कुन दलबाट को को परे ?

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समिति गठन गरिएको छ

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित

काठमाडौं । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन)

आर्थिक मन्दीको मारमा होटल ब्यवसायी, घरभाडा छुटको अपिल

बुटवल । आर्थिक समस्याको वर्तमान समयमा रुपन्देहीका होटल ब्यवसायीहरुले घरधनीलाई

प्रधानमन्त्रीको भारत भ्रमणअघि चिनियाँ कम्पनीहरु विरुद्ध सरकार आक्रमक, तमोरबाट पावर चाइनालाई आउट गरिँदै

काठमाडौं । तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया

रेशम चौधरीलाई आम माफी दिन राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

काठमाडौं । सरकारले रेशमलाल चौधरीको बाँकी सजाँय मिनाहा गर्दै आममाफी