१७ श्रावण २०८३, आइतबार | August 2, 2026

संविधान संशोधन विधेयक प्रतिनिधिसभामा आज पेश हुँदै



काठमाडौं । अन्ततः संविधान संशोधन विधेयक प्रतिनिधिसभामा आज पेश हुने भएको छ । आजको बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बैठकमा विधेयक टेबुल गर्नुहुनेछ । सरकारले काँग्रेसको निर्णय कुरेर बसेको थियो ।

गत बुधबार पेश गर्ने कार्यसूचि रहेपनि अन्तिम समयमा आएर विधेयक पेश हुनबाट रोकिएको थियो । तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको शनिबार बसेको बैठकले विधेयकका पक्षमा मतदान गर्ने भएपछि सरकारले आज प्रतिनिधिसभाको बैठकमा विधेयक पेश गर्न लागेको हो ।

गत मंगलबार आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको मुद्दा जोडिएको विषय भएका कारण विधेयकमा कुनै शर्त नराखी सहयोग गर्न प्रतिपक्षी दलहरुलाई आग्रह गर्नुभएको थियो ।

काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गर्ने जनाएको थियो । शनिबार बसेको काँग्रेस बैठकले विधेयकका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको छ ।

मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले भने विधेयकलाई समर्थन नगर्ने निर्णय गरेको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर जारी गरिएको नयाँ नक्शा अनुसार नेपालको संविधानको अनुसूचि ३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन गर्न लागिएको हो ।

संविधान संशोधन भएपछि नयाँ नक्शाले औपचारिक रुपमा मान्यता पाउनेछ भने सरकारले संयुक्त राष्ट्र संघ लगायत सबै विदेशी नियोगहरुमा समेत नयाँ नक्शा बुझाउने छ । भारतसँग सीमाको विषयमा वार्ता हुँदा अब नेपालले नयाँ नक्शा अनुसार नै आफ्नो अडान प्रस्तुत गर्नेछ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ७ : ४१ बजे

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो