११ जेष्ठ २०८१, शुक्रबार | May 24, 2024

संविधान संशोधन विधेयक संसदमा पेश, नेपालको नयाँ नक्शा संविधानमा समावेश हुँदै



काठमाडौं । संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश भएको छ ।

प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक-२०७७ बैठकमा विधेयक पेश गर्नुभएको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको अनुसूची ३ मा रहेको निशान छाममा राख्नुपर्ने भएपछि संविधान संशोधन गर्न संसदमा विधेयक पेश भएको हो ।

प्रतिनिधि सभाको बैठकमा संविधान संशोधन विधेयक पेश गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पास भएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेश गर्नुभएको हो । सांसदहरुले संविधान संशोधनको उक्त प्रस्तावमा कुनैपनि विरोधको सूचना राखेका थिएनन् ।

जेठ १४ गतेको संसदको बैठकको सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम समावेस गरिएको भएपनि अन्तिम समयमा कार्यसूचीबाट हटाइएको थियो ।

सरकारले काँग्रेसको निर्णय कुरेर बसेको थियो । गत बुधबार पेश गर्ने कार्यसूचि रहेपनि अन्तिम समयमा आएर विधेयक पेश हुनबाट रोकिएको थियो तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको शनिबार बसेको बैठकले विधेयकका पक्षमा मतदान गर्ने भएपछि सरकारले आज प्रतिनिधिसभाको बैठकमा विधेयक पेश गरिएको हो ।

संविधान संशोधन भएपछि नयाँ नक्शाले औपचारिक रुपमा मान्यता पाउनेछ भने सरकारले संयुक्त राष्ट्र संघ लगायत सबै विदेशी नियोगहरुमा समेत नयाँ नक्शा बुझाउने छ । भारतसँग सीमाको विषयमा वार्ता हुँदा अब नेपालले नयाँ नक्शा अनुसार नै आफ्नो अडान प्रस्तुत गर्नेछ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ११ : ३७ बजे

एन्फा रुपन्देहीको आयोजनामा बुटवलमा शनिबारदेखि जिल्ला स्तरीय ‘ए’ डिभिजन लिग सुरु हुने

बुटवल । अखिल नेपाल फुटबल संघ (एन्फा) रुपन्देहीको आयोजनामा शनिबारदेखि

प्रधानमन्त्री प्रचण्डसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेसनलकी महासचिव

जुवाको खालबाट २२ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको टोलीले काठमाडौंको मित्रनगर र गोकर्णेश्वरमा जुवा

प्रमुख दलका शिर्ष नेताको छलफल बालुवाटारमा जारी

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरूको बैठक  बालुवाटारमा सुरू भएको

भारतको छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा आठ संदिग्ध माओवादी मारिएको दाबी

काठमाडौं । भारतको छत्तीसगढको नारायणपुरमा भएको भिडन्तमा सुरक्षा बलले आठ