१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सबै दलका सांसदहरुको यौटै स्वर : राष्ट्रिय मुद्दामा दलीय एकता आवश्यक



काठमाडौं । सांसदहरुले राष्ट्रियताको पक्षमा सबै दलहरुबीच राष्ट्रिय एकता जरुरी रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको शुन्य समयमा सांसदहरुले राष्ट्रियताको पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शनिबार गरेको निर्णय सकारात्मक रहेको टिप्पणी गर्दै सांसदहरुले सबै दलहरु एक भए मात्र राष्ट्रियता जोगाउन सकिए बताए ।

उनीहरुले राष्ट्रिय मुद्दामा दलीय एकता जरुरी रहेको र दलगत स्वार्थभन्दा माथि उठेर व्यवहार प्रदर्शन भएकामा सन्तोष व्यक्त गर्दै कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नसमेत आमसहमतिमा जोड दिए ।

शनिबार बसेको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको थियो । काँग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालका भूभाग भएको र तिनमा निर्वाधरूपले नेपालको हक स्थापित हुनुपर्ने अडान दोहो¥याएको छ ।

बैठकमा सांसद विनाकुमारी श्रेष्ठले राष्ट्रियताको पक्षमा उभिने काँग्रेसको निर्णय सकारात्मक रहेको र यस विषयमा संसद्मा रहेका दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सांसद हरि अधिकारीले राष्ट्रिय विषयमा दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थका साथ एकै स्थानमा उभिने निर्णय आफँैमा महत्वपूर्ण रहेको बताउनुभयो ।

सांसद विरोध खतिवडाले राष्ट्रियता एकता प्रदर्शन भएकामा प्रतिपक्षी दललाई धन्यवाद दिँदै कूटनीतिक पहलमार्फत सीमा विवाद समाधान गरिनुपर्ने बताउनुभयो । उहाँले कालापानी–लिम्पियाधुरा–लिपुलेक क्षेत्रमा भारतले एकतर्फीरूपमा सडक निर्माण गरी उद्घाटनसमेत भएको र त्यहाँ सार्वजनिक यातायातसमेत सञ्चालन गर्ने तयारी गरिएको भन्ने जानकारी आएकाले त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शान्तिमाया तामाङ पाख्रिनले राष्ट्रियताप्रति काँग्रेसको समर्थन सराहनीय रहेको हुँदा आगामी दिनमा अन्य राष्ट्रिय हितका सवालमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सांसद सुरेन्द्रकुमार कार्कीले भारतमा रहेका नेपाली विभिन्न नाकाबाट फर्किने क्रम बढिरहेकाले उनीहरुलाई नाकाबाट व्यवस्थितरूपमा आ–आफ्नो गाउँ तथा थातथलोमा पु¥याउन माग गर्नुभयो ।

सांसद लालबाबु पण्डितले स्थानीय तहले क्वारेन्टिन व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै सङ्घीय सरकारलाई थप सहयोग गर्न माग गर्नुभयो । सांसद बिन्दा पाण्डेले क्वारेन्टिनमा समेत महिला हिंसाका घटना बढेकाले दोषीलाई कानूनी दायरामा ल्याउन माग गर्नुभयो । सांसद शशि श्रेष्ठले बन्दाबन्दीले अर्थतन्त्र धराशायी बनेको बताउँदै यसलाई क्रमशः खुकुलो बनाई जनजीवन सहज बनाइनुपर्ने बताउनुभयो ।

सांसद शान्ता चौधरीले प्रेमकै कारण मृत्युसम्म पुगेको रुकुम घटना अपराधजन्य चर्चा गर्दै दोषीलाई कारवाही गर्न माग गर्नुभयो । सांसद सत्यनारायण शर्मा खनालले कोरोना महामारी नियन्त्रणका लागि परीक्षणको दायरा बढाई सम्बन्धित क्षेत्रमा स्वास्थ्य सामग्रीको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सत्या पहाडीले रुकुम घटना मानवजतिकै कुरुप घटना भएको बताउँदै बेपत्ताको खोजी गरी दोषीलाई कडा कारवाही गर्न तथा पीडित पक्षलाई राहत उपलब्ध गराउन माग गर्नुभयो । सांसद सुदन किराँतीले पूर्वका भोजपुरलगायत पहाडी जिल्लामा कोभिड–१९ को परीक्षण दायरा बढाई स्वास्थ्य सामग्रीको व्यवस्था गर्न सङ्घीय सरकारसमक्ष माग गर्नुभयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  १ : ०६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान