१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

जव सीडीओ आफै निषेधाज्ञा पालना गराउन सडकमा निस्के……….



नेपालगन्ज । सरुवा भएर बांके पुगेको भोलिपल्ट जिल्लालाई निषेधाज्ञा लगाउने निर्णय गरेका बांकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ निषेधाज्ञा कार्यान्वयन गर्न आफै सडकमा निक्लिएका छन् । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा स्थानीयबासीले टेरपुच्छर नलगाएपछि प्रमुख जिल्ला अधिकारी आफै सडकमा निस्केका हुन् ।

बांकेमा अघिल्लो प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का हुंदा पनि निषेधाज्ञा जारी गरेका थिए । उनको निषेधाज्ञा पनि नेपालगन्जबासीले टेरेनन् । प्रशासनको निषेधाज्ञा कागज मै सिमीत भयो । बजार, सडक, ब्यापार ब्यवसाय कुनै पनि रोकिएन ।

अकडाउन पालना खटिएका प्रहरीमाथि ढुंगामुढा गर्ने, प्रहरीको गाडी टोडफोड गर्ने, क्वारेन्टाईनबाट संक्रमित भगाउने देखि संक्रमित लिन गएको एम्बुलेन्सलाई अवरोध पु¥याउने जस्ता कामहरु बांकबाटै सुरु गरियो । स्थानीयले आइसोलेसन बनाउन अवरोध गर्दै कोहलपुरका जस्तो सचेत नगरबासीले सडकमा आगो बाले र जुलुस निकाले । बांकेकै सिको गरेर पछि पछि रौतहट, सिराहा तिर पनि संक्रमित भगाउने, एम्बुलेन्स अवरोध गर्ने जस्ता कार्यहरु गरेको देखियो ।

अराजक जमातले राज्यको हरेक निर्णहरुको धज्जी उडाउने क्रम नरोकिएकै अवस्थामा बांकेमा गृह मन्त्रालयले नयां सीडीओ बांकेमा पठायो । सेनाको लेप्टेन पद त्याग गरेर निजामती सेवामा प्रवेश गरेका कडा मानीएका सिडीओ रामबहादुर कुरुम्वाङ बांके पुगेको भोलिपल्ट सिङ्गो जिल्लामा लागु हुने गरि निषेधाज्ञा लगाए । निषेधाज्ञाकै बिच नयां सीडीओ कोरोनाको माहामारी फैलिएको नरैनापुर र राप्ती सोनारी अवलोकनमा आफै पुगे । बिना बिश्राम कुरुम्वाङ लगातार सैनिक शैलीमै कुदिरहेका छन् । यद्देपी नरैनापुरमा भने अघिल्लो सिडीओले नै निषेधाज्ञा लगाउंदै सेना परिचालन गरिसकेका थिए ।

राप्ती सोनारी र नरैनापुर पुगेपछि कुरुम्वाङको प्रतिक्रिया आयो बांकेका क्वारेन्टाइन जेल जस्तो । हो , सिडीओ साहेवले भने जस्तै बांके सहित तराईका सीमावर्ती क्षेत्रमा स्थानीय तहले बनाएका अधिकांस क्वारेन्टाइन जेल जस्तै छन् । टिनको छानामुनी ४३ डिग्री तापक्रममा बस्नु ख्यालठट्टा हनै सक्दैन । न इन्टरनेट, न टेलिभिजन न बिजुली । खानाको जोहो नहुंदा घरबाट खाना ओसार्नुपर्ने र बिद्युतको सुबिधा नहुंदा लामखुट्टेको टोकाई सहनुपर्ने क्वारेन्टाइन बस्नेहरुको पिडा देखेर नै होला सिडीओ साहेवले क्वारेन्टाइनलाई जेलको संज्ञा दिए ।

आज उनी आफै बजारमा लकडाउन र निषेधाज्ञाको अनुगमन गर्न निस्के । प्रहरी प्रमुख एसपी बीरबहादुर ओली सहित खजुरा पुगेका सिडीओले सडकमा न त लकडाउन देखे न निषेधाज्ञा । सयांैको संख्यामा मानीसहरु खरिदबिक्रिका लागि बजारमा निस्केका थिए । निर्बाध सवारीसाधन गुडेका थिए र अनावश्यक काममा पनि सडकमा स्थानीयको जमघट थियो ।

बांकेका प्रहरी प्रमुख एसपी ओली धेरैजसो स्थानीय बिनाकाम सवारी साधन लिएर सडकमा निस्केको र कारण बिना बाटोमा हिंडेको पाएको बताउंछन् । प्रहरीलाई नटेर्ने र स्थानीय तहले समन्वय नगरिदिने पिडा बांकेका प्रहरी प्रमुखले सुनाई नै रहन्छन् । २ हप्ता अगाडी नरैनापुरबाट संक्रमित ल्याउन अवरोध गर्दा र कोहलपुरको पिपरीमा आईसोलेसन बनाउन स्थानीयले बाटो छेक्दा स्थानीय पालिकाका प्रमुखहरुले फोन स्विच अफ गरेर बसेको पिडा प्रहरी प्रमुख ओलीले अमिलो मान्दै सुनाउंछन् ।

निषेधाज्ञा र लकडाउनको अवस्था हेर्न सडकमा निस्केका प्रमुख जिल्ला अधिकारीले सडकमा ८० प्रतिशत स्थानीय अनावश्यक काममा निस्केको बताउंछन् । श्रीमती पु¥याउन, पाहुना खान, कपाल काट्न जस्तो बहानामा स्थानीयले निषेधाज्ञा र लकडाउन उल्लंघन गर्ने गरेको प्रजिअ कुरुम्वाङको भनाई छ । पहिलेदेखि नै फितलो ब्यवस्थापन भएको तथा थिति बिग्रेको अवस्था रहेको आफुले पाएको बताउंदै उनले भोली देखि नै प्रशासनले कडाई गर्ने जानकारी दिए । क्वारेन्टाईनमा इन्टरनेट, बिद्युत र समय बिताउने साधान नहुंदा क्यारेन्टाइनमा बसेकाहरु समस्यामा परेको बताउंदै कुरुम्वाङले त्यसैका कारण क्वारेन्टाइनबाट भाग्ने गरेको स्पष्ट पारे ।

उता बांकेका ब्यवसायीहरुले भने निषेधाज्ञा र लकडाउन खुकुलो नबाउने हो भने ब्यवसायीहरु सडकमा उत्रने अवस्था आएको बताएका छन् । महिनौ ब्यापार ब्यवसाय बन्द हुंदा खाने बस्ने कै समस्या उत्पन्न भएको भन्दै उचित ब्यवस्थापन नभए ब्यवसायीहरुले बिद्रोह गर्नुको बिकल्प नरहेको नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी बताउंछन् । दिन फरक पारेर सामाजिक दुरी कायम गर्दै ब्यवसाय चल्न दिनुपर्ने अध्यक्ष मन्सुरीको माग छ ।

बांकेमा १८९ संक्रमित पुष्टी भएकोमा २८ जना निको भएर घर फर्केका छन् ।

फोटो सौजन्य नरेश श्रेष्ठ

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ५ : ०३ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा