१ कार्तिक २०८३, शनिबार | October 17, 2026

देवदह हत्या प्रकरणमा छानबिन गर्न मुख्यमन्त्रीको निर्देशन



रूपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले देवदह हत्याकाण्डको छानबिन गर्न निर्देशन दिएको बताउनुभएको छ ।

रूकुम (पश्चिम) र देवदह हत्याबारे छानवबिन गर्न माग गर्दै गएको नेपाल दलित मुक्ति संगठनको प्रतिनिधि मण्डललाई मुख्यमन्त्री पोखरेलले हत्याकाण्डबारे  छानबिन गर्न निर्देशन दिइसकेको बताउनुभएको हो ।

संगठनले रुकुम(पश्चिम)को चौरजहारीमा भएको घटनामा संलग्नलाई कारवाही तथा रुपन्देहीको देवदहमा हत्या गरिएका १३ वर्षीया अंगिरा पासी र परिवारलाई न्याय दिलाउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

मुख्यमन्त्री पोखरेलले रुकुम र रुपन्देहीको देवदहमा भएका मृत्युका सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण भएको जनाउँदै देवदह घटनाको निष्पक्ष छानबिनका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको जानकारी गराउनुभयो ।

तत्कालीन संविधानसभा सदस्य विनोद पहाडीले बन्दाबन्दीका समयमा मात्रै ३२ जातीय छुवाछुतका घटना भएकाले यस्तो कामको अन्त्यका लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ७ : ४६ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ