१५ चैत्र २०७९, बुधबार | March 29, 2023

अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरता प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताका प्रयास भइरहेको बताउनुभएको छ ।

१ सय ३१ औं अन्तराष्ट्रिय मे दिवसका अवसरमा भिडियो शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थितरताको प्रयास गरिनु दुःखद् भएको बताउनुभएको छ ।
ओलीले भन्नुभएको छ, ‘आफ्ना स–साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन ।’ त्यस्ता प्रयासलाई सफल हुन नदिने पनि प्रतिवद्धता जनाउनुभएको छ ।

श्रमिक दिवसको शुभकामना दिने क्रममा ओलीले नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुप्रति आक्रोश पनि पोख्नुभएको छ । केही सञ्चारममाध्यमहरुले स्थिरता, स्थायित्व र विकासकाविरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका समाचार सम्प्रेषण र चर्चा भइरहेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले श्रम बिनाको पूँजी र प्रविधि अर्थहीन हुने आजको यथार्थले स्पष्ट पारेको भन्दै कोरोना भाइरसको महामारीका कारण हाम्रो श्रमको संसार लकडाउनमा रहेकोे बताउनुभएको छ ।

‘विश्वभरिका कोरोना प्रभावित २१० मुलुकमा जस्तै हाम्रो देशको पनि उत्पादन प्रणालीको कडी टुटेको छ । हाम्रा सिर्जनशील हातहरु यतिखेर लकडाउनमा छन्। हाम्रो श्रमको प्रतिक्षामा रहेका उत्पादनका साधनहरु पनि लकडाउनमा छन् । ओलीले भन्नुभएको छ ।’

लकडाउनको विश्वव्यापी बाध्यकारी अवस्थालाई स्वीकार्नु बाध्यता रहेको बताउँदै उहाँले यसबाट निर्माण, रोजगारी र उत्पादनमा पारेको प्रतिकूल प्रभावको अवस्थाले श्रमजीवी वर्गको बुझाइजस्तै श्रम र उत्पादनको सम्बन्ध एवं त्यसको महत्वलाई सबै वर्गले गम्भीरताका साथ बुझ्ने नयाँ परिस्थिति पनि निर्माण भएको जिकिर गर्नुभएको छ ।

‘श्रम आधारभूत कुरा हो र जीवन प्रमुख कुरा हो । श्रम बिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ भन्ने आजको यथार्थले स्पष्ट पारेको छ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर जीवनप्रति दुःखी भएको पनि प्रधानमन्त्री ओलीले जनाउनुभएको छ । चेपुवामा श्रमिकहरू परिरहेको भन्दै उहाँले यसबाट सिर्जना भएको पीडाप्रति जानकार तथा संवेदनशील रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले यस अप्ठ्यारो घडीमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक ऐक्यबद्धता जाहेर गर्नुभएको छ।

प्रधानमन्त्रीले मे दिवसमा पनि कोरोना भाइरसको महामारीक बिरुद्धको युद्धमा होमिनुपरेको भन्दै तत्कालको लागि सरकारको प्रयास महामारीले सिर्जना गरेको समस्या सामना गर्नेतर्फ केन्द्रित रहेको पनि जनाउनु भएकोछ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ९ : ५० बजे

रसुवागढी/केरुङ दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन हुँदै, तातोपानी/झाङ्मु नाका बैशाखबाट खुल्ने

काठमाडौं । रसुवागढीरकेरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा

अनलाइनबाट ठगी गर्ने नौ चिनियासहित १९ पक्राउ

काठमाडौं । अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ

विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको

Coalition government shall complete full term: PM Prachanda

KATHMANDU: Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ has said that

तिलोत्तमाबाट मोटरसाईकल चोर्ने २ जना चोर रङ्गेहात पक्राउ

बुटवल । तिलोत्तमा ९ का स्थानीय नारायण पाण्डेको घरबाट मोटरसाईल