८ भदौ २०८३, सोमबार | August 25, 2026

राष्ट्र बैंक भन्छ, ‘नयाँ योजनामा बजेट छुट्याउन सकिँदैन’



काठमाडौं । नेपाल राष्ट्र बैंकले अहिलेको परिस्थितिमा नयाँ योजनालाई बजेट छुट्याउन नसकिने बताएको छ ।

हिजोका योजनाहरु अगाडि बढाउन अहिलेको स्रोत र सीमाहरु अर्याप्त रहेकाले नयाँ योजनका लागि बजेट छुट्याउन सक्ने अवस्था नभएको बैंकले बताएको छ ।

पाइप लाइनमा रहेका योजनाहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने परिस्थितिमा नयाँ योजनाहरु आउन समय लाग्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभयो । अधिकारीले भन्नुभयो, ‘याँ योजनाहरुका लागि थप प्लानिङ गर्नुपर्ने हुन्छ । हिजो तयार भएका योजनालाई पुनः प्राथमिकिकरण गर्नु पर्ने हुन्छ । ति सबै योजना हिजो सोचेजस्तै गरी अहिले टाइमलाइनमा जान समस्या नै छ ।’’

साना तथा घरेलु व्यवसायीहरुलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले पुर्नकर्जा सम्बन्धी कार्यविधि परिमार्जन गर्ने तयारी गरेको छ । साना तथा घरेलु व्यवसायीहरुलाई प्राथमिकता दिनेगरी पुर्नकर्जा कार्यविधि गरिने गभर्नर अधिकारीले बताउनुभयो ।

पुर्नकर्जाको प्रकृया धेरै लामो भएकाले प्रयोगमा नआएको र ठूला खालका ऋणिहरुले मात्रै पहुँच रहेकाले कार्यविधि परिमार्जन गरिन लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको प्रोसेस धेरै लामो भयो । ठूला खालका ऋणीहरुले मात्रै हिजो पाएको जस्तो देखियो । सानो भन्दा सानो ग्राहकले पनि पाउने गरी कार्यविधि बनाउँदैछौँ । सामान्य पुनकर्जामा २ प्रतिशत व्याज छुट हुन्छ । हिजो राष्ट्र बैंकले ३ र अन्य बैंकहरुले ७ प्रतिशत ब्याज लिँदै आएका थिए । अहिले त्यसलाई घटाएर राष्ट्र बैंकले २ र अन्य बैंकले ५ प्रतिशतमा दिनुपर्ने छ ।’’

सरकारले पुर्नकर्जाको सीमा पनि विस्तार गरेको छ । पुर्नकर्जाको सीमा विस्तार गरी १ खर्ब पु¥याउने निर्णय सरकारले गरेको हो ।

पुर्नकर्जा कोषबाट प्रवाह हुने कर्जाको ब्याजदर घटाउने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकले व्यवस्था मिलाउनुपर्ने र साना तथा घरेलु उद्योगहरुको सञ्चालनका लागि आवश्यक पर्ने चालु पूँजी कर्जा सहुलियत दरमा उपलब्ध गराउन पनि सरकारले राष्ट्र बैंकलाई भनेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  २ : ३५ बजे

एकसाथ ४७ उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ४७ उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था,

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौँ । जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

विमानस्थल क्षेत्रबाट भन्सार छलीका मोबाइल र पहेँलो धातु बरामद

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका मोबाइल

प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना

उमेर नपुगेका बालिकाहरुलाई स्पाको काममा लगाउने ३ जना स्पा संचालक पक्राउ

नेपालगन्ज । उमेर नपुगेका बालबालिकाहरुलाई अबैध काममा लगाएको भन्दै नेपालगन्जमा