१५ आश्विन २०७९, शनिबार | October 1, 2022

संक्रमण पुष्टी भएसंगै नेपालगन्ज र रुपन्देहीका बिभिन्न क्षेत्र प्रशासनबाट सिल



बुटवल । बांकेको नेपालगन्जमा एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगन्ज स्थित २ वटा मस्जिद ईलाकालाई सिल गरिएको छ ।

पिसिआर परिक्षणमा नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएपछि ती पुरुषको आउने जाने सम्भाबित क्षेत्रमा सिल गरिएको हो ।

भारतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएको बताईएको छ । नेपालगन्ज उपमहानगर वार्ड नम्बर ८ स्थित अन्सारी मस्जिद र वार्ड नम्बर १ धम्बोझीमा रहेको मस्जिद एरिया सिल गरिएको जिल्ला प्रहरी कार्यालय बांकेका प्रवक्ता नायव प्रहरी उपरिक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार संक्रमित व्यक्ति वार्ड नम्बर ८ स्थित घरबाट हरेक दिन अन्सारी मस्जिदमा आउने जाने गर्दथे । आउने जाने क्रममा थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सिल गरिएको प्रहरीले जनाएको छ । उनका श्रीमती र छोरा तथा नजिकका छिमेकीहरुको पनि कोरोना जाँच गरिने स्वास्थ्य कार्यालय बांकेका प्रमुख भिरजंग शाहले बताउनुुुभयो ।

नेपालगञ्ज धम्वोजीका अर्का एक युवामा पनि संक्रमणको आशंका गरिएपछि धम्बोझीको मस्जिद क्षेत्र समेत सिल गरिएको छ । बांके डेडेवा गांउ पालिकाका युवा बिगत केहि वर्ष देखि धम्बोजी स्थित मस्जिदमा बस्दै आएका थिए । संक्रमित ६० बर्षिय बृद्द सहित उनलाई पनि खजुरास्थित सशिल कोईराला क्यान्सर अस्पतालमा रहेको आइसोलसनमा राखिएको छ । उक्त मस्जिद लकडाउनपछि बन्द गरिएको थियो । उनको पनि बिहीबार स्बाव संकलन गरी जाँच गरिए पनि रिपोर्ट आउन बांकी छ ।

यता आजै रुपन्देहीको २४ बर्षिय युवामा पनि संक्रमण पोजेटिभ देखिए पछि ती युवा बस्ने कोटहिमाई गांउपालिकाको पुर्निहवा गाउँ सिल गरिएको छ । कोटहीमाई गाउँपालिकाको मझगावास्थित श्री मर्चवार आर्दश उच्च माविको क्वारेन्टाइनमा रहेका सोही गाउँपालिकाका २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि कोटहीमाई गाउँपालिका १ को पुर्निहवा गाउँ सिल गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापाले बताउनुभयो ।

सीमामा लिन गएका दाइलाई समेत क्वारेन्टाइनमा पठाइएको र परिवारलाई पनि भोली क्वारेन्टाइनमा पठाई सबैको स्वास्थ्य परीक्षण हुने एसपी थापाले बताउनुभयो ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ८ : १८ बजे

कालीमाटी तरकारी बजार र माछा पसलमा काठमाडौं महानगरको अनुगमन

काठमाडौं । काठमाडौंस्थित कालीमाटीको माछा पसल र तरकारी बजारमा काठमाडौं

नारायणी किनारमा तीन सङ्घीय मन्त्रालयका छुट्टाछुट्टै योजना

चितवन । नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले

सल्यानमा जीप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु, १७ घाइते

सल्यान । सल्यानमा शनिबार बिहान भएको जीप दुर्घटनामा दुई जनाको

छाडाचौपायाका कारण भएको मोटरसाईल दुर्घटनाबाट बुटवलका साईमनको मृत्यु

बुटवल। सिद्धार्थ राजमार्गको बुटवल भैरहवा खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिका(१ ड्राइभर

बैंकको ब्याज महंगिएपछि व्यवसायी मर्कामा

पोखरा । बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर तोकेको भन्दै