२६ माघ २०८१, शनिबार | February 8, 2025

सिल गरिएको क्षेत्रका स्थानीयबासीको स्वाव संकलन सुरु



नेपालगन्ज । प्रदेश नम्बर ५ मा नै पहिलो खाता खोल्दै बाँकेको नेपालगन्जमा कोरोना संक्रमित भेटिए लगत्तै सिल गरिएका बिभिन्न क्षेत्रबाट स्थानीयबासीको स्वाव लिन सुरु गरिएको छ । सिल गरिएको क्षेत्रको सुरक्षा ब्यवस्था कडा पार्दै सिल गरिएका क्षेत्रमा बसोबास स्थानीयबासीको स्वाव संकलन सुरु गरिएको हो । शुक्रबार एक ब्यक्तिमा कोरोना भाईरसको संक्रमण देखिएलगत्तै नेपालगन्जको वार्ड नम्बर ८ स्थित अन्सारी मस्जिद र वार्ड नम्बर १ स्थित धम्बोझी मस्जिद वरिपरि सिल गरिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका ८ जोलाहनपुर्वा टोलबाट स्वाब संकलन सुरु गरीएको हो । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ब्यक्तिले सोही ठाँउको अन्सारि मस्जिदमा दिनको ५ पटक अजान गर्दै आएका थिए । उनि मस्जिदको मुअज्जिम थिए । उनले मस्जिद वरिपरिका विभिन्न बालबालिकाहरुलाई होम ट्युसन पढाउने गर्दथे ।

उनिसँग सम्पर्कमा आएका अनुमानीत १ सय जनाको स्वाव जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । संक्रमीत ब्यक्तिको ट्राभल हिष्ट्रि बुझ्दा उनी भारतबाट आएको नभै भारतबाट आउने जाने कसैबाट उनलाई संक्रमण भएको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय बांकेले अनुमान गरेको छ । उनी भारत गएको वा भारतबाट आएको पुष्टी हुन नसकेको फोकल पर्सन रुेष्ठले बताउनु भयो ।

कोरोना संक्रमण देखिएको तथा अन्य शंकास्पद स्थानमा शुक्रबार बाटै नेपाल प्रहरीले सुरक्षा निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिनुभयो । प्रहरीका अनुसार सिंहकै नेतृत्वमा नेपालगन्जका शंकास्पद क्षेत्रमा चौबिसै घण्टा नेपाल प्रहरी र सेनाको टोलीले निगरानी बढाएको छ ।

अन्सारी मस्जिदका मोहज्जिम संगै नेपालगञ्ज धम्वोजीमस्जिदमा बस्दै आएका अर्का एक युवामा पनि संक्रमणको आशंका गरेर कोरोना अस्पताल खजुराको आइसोलेसनमा लगेर राखिए पनि हिजै उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । दुबैजनाको संगै स्वाव संकलन भएका कारण कम्तीमा ७ दिन आईसोलेसनमा राखि पुन परिक्षण गरेरमात्र घर पठाईने फोकल पर्सन श्रेष्ठले जानकारी दिनु भयो ।

डिएसपी रोड र अन्सारि मस्जिद वरपरको क्षेत्रलाई दमकलबाट डिसइन्फेक्सन गरि सेनिटाइज गर्ने तयारी भईरहेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख राम बहादुर चन्दले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ३ : ०१ बजे

पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’

काठमाडौँ । प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब परिसरमा अत्याधुनिक सुविधासहितको ‘द

निर्माण व्यवसायी रुपन्देहीको साधारणसभा सम्पन्न : दिगो पूर्वाधार विकासका लागि सहकार्य आवश्यक

बुटवल । रुपन्देहीमा क्रियाशील निर्माण व्यवसायीहरूको छाता संगठन लुम्बिनी निर्माण

मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग जोड्न जरुरी छः मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परम्परागत मौलिक कला

नबिल बैंकको नबिल एसएसई फेलोशिप सम्पन्न, ४५ उद्यममा १२ सयजनाले पाए रोजगारी

काठमाडौ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप

रुपन्देहीको रोहीणीमा रहेको पशुपति माविका बालबालिकालाई पहिलो पाइला नेपाल बुटवलले गर्यो न्यानो कपडा वितरण

बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाले रुपन्देहीको रोहीणी गाउँपालिका-६