२२ जेष्ठ २०८०, सोमबार | June 5, 2023

४ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक डेढ घण्टा पछि सर्‍यो



काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी [नेकपा]को सचिवालय बैठक डेढ घन्टा पछि सरेको छ । नेकपा अध्यक्ष केपी शर्मा ओलीको आफु निकट नेताहरुसंगको परामर्श नसकिएपछि बैठकको समय सारिएको बताईएको छ । दिउँसो चार बजे बस्ने भनिएको बैठक अब बेलुकी ५ः३० बजे बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । वैशाख १७ गते स्थगित भएको बैठक आज दिउँसो चार बजे बस्ने भनिएको थियो ।

बैठकको पुर्व तयारीकारुपमा सचिवालयका शिर्श नेताहरुले भेटघाट र परामर्शलाई तिब्र बनाएकाछन् । प्रधानमन्त्री ओली सहित बरिष्ठ नेता माधव नेपालले पनि आफु निकट नेताहरुसंगको भेटघाट जारी राख्नुभएको छ ।

सचिवालय बैठकका विषयमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार र वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुग्नु भएको थियो ।

पछिल्लो समयमा नेकपा भित्र देखिएको विवादपछि वस्ने आजको सचिवालय बैठकलाई चासोपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ३ : ४४ बजे

पाल्पा जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी

विश्पकप क्रिकेट छनौट खेल्न आज सन्दीप लामिछाने अफ्रिका जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने

आज वातावरण दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस

मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका-१ स्थित डुम्रे

अकला मन्दिर पुनःनिर्माण : काम अपुरो गरेर ठेकेदार बेपत्ता

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक