७ आश्विन २०८३, बुधबार | September 23, 2026

४ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक डेढ घण्टा पछि सर्‍यो



काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी [नेकपा]को सचिवालय बैठक डेढ घन्टा पछि सरेको छ । नेकपा अध्यक्ष केपी शर्मा ओलीको आफु निकट नेताहरुसंगको परामर्श नसकिएपछि बैठकको समय सारिएको बताईएको छ । दिउँसो चार बजे बस्ने भनिएको बैठक अब बेलुकी ५ः३० बजे बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । वैशाख १७ गते स्थगित भएको बैठक आज दिउँसो चार बजे बस्ने भनिएको थियो ।

बैठकको पुर्व तयारीकारुपमा सचिवालयका शिर्श नेताहरुले भेटघाट र परामर्शलाई तिब्र बनाएकाछन् । प्रधानमन्त्री ओली सहित बरिष्ठ नेता माधव नेपालले पनि आफु निकट नेताहरुसंगको भेटघाट जारी राख्नुभएको छ ।

सचिवालय बैठकका विषयमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार र वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुग्नु भएको थियो ।

पछिल्लो समयमा नेकपा भित्र देखिएको विवादपछि वस्ने आजको सचिवालय बैठकलाई चासोपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ३ : ४४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई