१८ चैत्र २०७९, शनिबार | April 1, 2023

लकडाउनले समस्यामा परेका उद्योग प्रतिष्ठानलाई बजेटमा सम्बोधन गर : उपाध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लकडाउनका कारण समस्यामा परेका उद्योगहरुलाई बुस्टअप गर्नेगरी बजेट ल्याउनुपर्ने बताउनुभएको छ ।

उपाध्यक्ष ढकालले मध्यकालिन र दीर्घकालिन योजनासहित उद्योग प्रतिष्ठानहरुलाई बुस्टअप गर्ने व्यवस्था बजेटमार्फत आउनुपर्ने बताउनुभएको हो ।

ढकालले कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि लकडाउन गरिएपछि उद्योग प्रतिष्ठानहरु बन्द रहेको र बेरोजगारीको समस्या देखिएको भन्दै बजेट मार्फत नै संरक्षण गरिनुपर्ने बताउनुभयो । यस्तै सरकारको राजस्व आम्दानी बढाउन पनि उद्योग प्रतिस्ठानहरुलाई जोगाउनु अपरिहार्य रहेको उपाध्यक्ष ढकालले बताउनुभयो । ढकालले उद्योग व्यवसायको संरक्षणका लागि उद्योग वाणिज्य महासंघ सहितका व्यसायिक संगठनहरुले सरकारलाई सुझाव दिइसकेकोले सोही अनुसार नै बजेटले सम्बोधन गर्ने अपेक्षा समेत गर्नुभएको छ ।

देश भित्र बढ्ने बेरोजगारी र वैदेशिक रोजगारीबाट फर्केर आउनेहरुको संख्या ठूलो हुने भएकोले उनीहरुको व्यवस्थापनका लागि पनि बजेटको प्रकृति फरक हुनुपर्ने उपाध्यक्ष ढकालले बताउनुभयो । उहाँले उद्योग प्रतिस्ठानहरुले रोजगारी सिर्जना गर्न सक्ने, उत्पादन बढाउने तथा सरकारको आम्दानी बढ्ने किसिमबाट बजेट आउनुपर्ने बताउनुभयो । रेमिट्यान्स आप्रवाहमा हुने कमिबाट अर्थतन्त्रमा पर्ने असरलाई पनि बजेटले सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ५ : ०४ बजे

सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’

रामपुर । हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा

कविता : ‘उपियाँको साम्राज्य हो त्यो!’

निमुखा र गरिबको रगत र पसिना चुसेर ठडिएको महल, महल

समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा प्रथम र नग्मा

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको

भरत तालमा पर्यटकको घुँइचो

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन

आजदेखि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि