१८ श्रावण २०८३, सोमबार | August 3, 2026

नेपालगन्जमा फेरी थपिए ६ जना संक्रमित, संख्या १६ पुग्यो



नेपालगन्ज । बाँकेको नेपालगञ्जमा सांझ थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिज्ञप्तीका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण देखिएको हो ।
शुक्रबार मात्र १ जना संक्रमितले खाता खोलेको नेपालगन्जमा आइतबार मध्यान्ह ९ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जानकारी दिएको थियो । शुक्रबार नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जमा मात्र संक्रमितको संख्या १६ पुगेको छ । पछिल्लो संक्रमितहरुमा १६, २१ र ३४ वर्षका पुरुष तथा ४०,५५ र ६० बर्षिया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याे सहित देशभर संक्रमितकाे संख्या ७५ पुगेकाे छ।

मन्त्रालयका अनुसार नेपालगन्जको प्रयोगशालामा पाँच  पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए।

देशभरका संक्रमितमध्ये १६ जना निकाे भएर घर फर्केका छन्।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : ४१ बजे

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा