६ बैशाख २०८१, बिहिबार | April 18, 2024

जनप्रतिनिधि भन्छन् : प्रहरीले पैसा लिएर मानिस भित्रायो, प्रहरी भन्छ, ‘जनप्रतिनिधिले भित्राउन दबाव दिए’



आइतबार नेपालगन्जमा मात्रै १५ जना कोरोना संक्रमित भेटिए । तीन दिन पहिले भेटिएका ६० वर्षीय कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु खोज्दै जाँदा यति ठूलो संख्यामा संक्रमित थपिए । यो संख्या अझै बढ्न सक्ने देखिन्छ । किनकी उनको सम्पर्कमा कम्तिमा ९० जना व्यक्तिहरु त थाहा लागिसकेको छ ।

चैत्र १० देखि नै अन्तराष्ट्रिय सीमा नाका बन्द भएको थियो । सीमा नाका बन्द भएपछि बाँकेको जमुहनाह नाकामा आइपुगेका सयौं नेपालीहरुलाई उद्दार गरेर नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो । कतिपय व्यक्ति क्वारेन्टाइनबाट भागे पनि । नेपालगन्जका पहिलो संक्रमित सोही क्वारेन्टाइनमा बसेका थिए ।
तीन दिन पहिले रुपन्देहीमा पनि एक युवक कोरोना संक्रमित भेटिए । रुपन्देहीका संक्रमित पनि नेपाल भारत सीमाको चोरबाटो हुँदै नेपाल प्रवेश गरेका थिए ।

यी त केही उदाहरणमात्र हुन् । भारतमा लाखौं नेपालीहरु रहेका छन् । भारतले लकडाउन गरेपछि नेपाल फर्किन चाहनेहरु हजारौंको संख्यामा सीमा क्षेत्रमा आइपुगे । नेपाल र भारतको समझदारीमा दुबै देशका नागरिकलाई आआफ्नो सीमा क्षेत्रमै क्वारेन्टाइनमा राखियो । सीमा क्षेत्रमा कडाइ गरियो । नाकाबाटा आवतजावतमा रोक लगाइयो । तर सीमा क्षेत्रमा कडाइ गरिए पनि भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएन ।

१७ सय बढी लामो खुल्ला सीमामा केही ठाउँमा मात्र मुख्य नाका र सहायक नाका रहेका छन् । बाँकी सीमा त खुल्लै रहेको छ । खेल, जंगल, खोला नालाको अप्ठेरो चोर बाटो हुँदै नेपाल प्रवेश गर्न रोकतोक छैन । सीमा क्षेत्रमै रहेका बासिन्दाले थाहा पाए कतै कतै रोक्ने काम पनि भएको छ । तर अधिकांश स्थानमा कैयौं किलोमिटरसम्म सुनसान सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गर्नेहरु अझै पनि कोरोना संक्रमणका लागि प्रयाप्त आधार बन्न सक्छन् । भारतमा कोरोना संक्रमित हुनेको संख्या दिन दिनै बढ्दै गएका छन् । भारत सरकारले लकडाउन त बढाएको छ, तर केही खुकुलो पनि पारेको छ । यो फाइदा नेपाल आउन चाहनेहरुले पनि उठाउन खोजिरहेकै छन् ।

प्रदेश ५ बढी जोखिममा :

भारतबाट नेपाल प्रवेश गर्नेहरुका कारण प्रदेश ७ सबैभन्दा बढी जोखिम मानिएको थियो । तर, नेपालगन्जले पुष्टि गरेको छ, खुला सीमाबाट हुने अवैध नेपाल प्रवेश नेपालमा कोरोना नियन्त्रणका लागि समस्या बन्दै गएको छ । सीमाक्षेत्रमा कडाइ गरिए पनि लुकीछिपी भारतबाट नेपाल छिर्ने प्रवृत्ति नरोकिएपछि प्रदेश ५ मा कोरोनाको जोखिम देखिएको छ । ५ नं. प्रदेशमा झन्डै चार सय आठ किलोमिटर खुला सिमाना रहेको छ । विभिन्न बहानामा भारतबाट नेपाल छिरिरहेका घटना दिनदिनै सार्वजनिक भैरहेको छ । यस्तो प्रवृत्ति रोक्न सीमाक्षेत्रका गाउँपालिका, नगरपालिका र सुरक्षा निकायका प्रमुखहरूसँग नियमित सम्पर्क र समन्वय हुन जरुरी छ ।

कतिपय चोरी नाकाहरुबाट केहि आर्थिक रकम सुरक्षानिकायलाई बुझाएर नेपाल भित्राईएको भन्ने आरोप पनि स्थानीयबासीले लगाएकाछन् । आफ्नो नाम नखुलाउने सर्तमा रुपन्देहीको सिमा नाका जोडिएका स्थानीय तहका जन प्रतिनिधिले त प्रति ब्यक्ति १ हजार देखि १ हजार ५ सय प्रहरीलाई दिएर नेपाल प्रवेश गर्न दिईने गरेको आरोप समेत लगाएका छन् । मुलुकले माहामारी खेपिरहेका बेला केहि राजनितिक दलका नेता तथा सभासदहरु स्वयं सिमामा सेटिङ मिलाएर अबैध सामान ओसारपसार गर्ने र मानीसहरुलाई आवत जावत गर्न दिने कार्यमा संलग्न भएको श्रोतले बताएको छ ।

 

लकडाउन सुरु भएसंगै सिमामा सिल गरेर सिमाको निगरानी गर्न राज्यले शसस्त्र प्रहरीलाई खटाएको छ । शसस्त्र प्रहरीले एक अर्कामा ‘आई कन्ट्याक्ट’ हुने गरि पोष्ट खडा गर्दे ड्युटी गरेको बताईरहंदा पनि मानीसहरुको आउने क्रम रोकिएको छैन । स्थानीय जन प्रतिनिधिहरु स्वयं भारतबाट मानीस भित्राउनेमा सक्रिय रहेको शसस्त्र प्रहरीका एक उच्च अधिकारीले बताएकाछन् । हाम्रो पालिकामा हामीले भने अनुसार हुनु पर्छ भन्दै स्थानीय पालिका प्रमुहहरुले प्रहरीसंग झगडा गर्ने गरेको ती अधिकारीले बताए । प्रदेश ५ को रुपन्देहीमा मात्र ६० किलोमिटर क्षेत्रमा ९ वटा स्थायी पोष्ट र १९ वटा अस्थायी पोष्ट बनाएर शसस्त्रको १ हजार जनशक्ति परिचालन गरिएको छ ।

प्रदेश ५ मा सिमा नाका सिल गरिए पछि मात्र ३६ हजार नेपाली सिमा नाकाबाट नेपाल पसेको प्रदेशको सामाजिक बिकास मन्त्रालयले आंकलन गरेको छ । खुल्ला सिमा, सुकेका खोला, जङ्गल क्षेत्रबाट मानीसहरु भित्रीने गरेको प्रदेश ५ सरकारका सामाजिक बिकास मन्त्री सुदर्शन बराल स्विकार गर्नुहन्छ । सिमाबाट भित्रिएकाहरुलाई टार्गेट गरेर टेष्टीङ सुरु गरिएको र त्यसैको परिणाम स्वरुप नेपालगन्जमा रिपोर्ट आएको मन्त्री बरालले बताउनु भयो । सुरक्षा जनशक्ति कम भएर पनि समस्या आएको मन्त्री बरालको भनाई छ ।

यसैबीच, ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरलेले सोमबार बिहानै सामाजिक सन्जाल फेसबुकमार्फत नेपालगन्जमा लकडाउन उल्लंघन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले ‘लकडाउनमै मस्जिदमा नमाज पढ्ने र घरघरमा गई ट्यूसन पढाउने कार्यले संक्रमण फैलेको देखिँदा त्यस्ता कार्य नगर्न/नगराउन अनुरोध छ’ भन्नुभएको छ । मुख्यमन्त्री पोखरेलको अनुरोधलाई निर्देशनको रुपमा सुरक्षा निकाय र सम्बन्धित सबै सरोकारवालाहरुले पछ्याउन जरुरी देखिन्छ । अन्यथा नेपालगन्जको घटना झन बढ्न सक्छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ९ : ३८ बजे

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको

भोलि मनकामना केबलकार बन्द हुने

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सुदूरपश्चिममा एकीकृत समाजवादीको प्लान बी !

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न

लुम्बिनी प्रदेशमा एमालेलाई अर्थसहित पाँच मन्त्रालय

बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री

घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच