७ आश्विन २०८३, बुधबार | September 23, 2026

संघीय संसदको महासचिवमा डा. गौतम सिफारिस



काठमाडौं । संघीय संसदको महासचिवमा डा. भरतराज गौतमलाई सिफारिस गरिएको छ ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज गौतमलाई संसदको महासचिवका लागि सिफारिस गर्नुभएको हो ।

गौतमलाई महासचिव नियुक्तिका लागि सभामुख र अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गरेको संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिनुभयो । राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । गौतम संसद सचिवालयका सचिव हुनुहुन्छ ।

मनोहरप्रसाद भट्टराईको कार्यकाल सकिएपछि संसदको महासचिव पद खालि थियो । भट्टराईको पद रिक्त भएपछि सभामुख सापकोटाले संसदका सचिव गोपालनाथ योगीलाई कार्यबहाक महासचिव तोक्नुभएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  २ : ५२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई