९ चैत्र २०८२, सोमबार | March 23, 2026

होटल संघको चेतावनी – भयावह अवस्था आउन सक्छ



काठमाडौं । होटल संघ नेपाल (हान) ले होटल व्यवसायीका समस्या सम्बोधन नभए भयावह अवस्था आउन सक्ने चेतावनी दिएको छ ।

६ महिनासम्म होटल बन्द गर्ने गरी गरेको निर्णयप्रति सरकारले असहमति जनाएपछि हानले यस्तो चेतावनी दिएको हो ।

आइतबार हानले ६ महिना होटल व्यवसाय बन्द गरी श्रमिकहरुलाई १२ दशमलव ५ प्रतिशत तलब दिने र त्यसमा असहमति जनाए कामदार नै कटौती गर्ने निर्णय गरेको थियो ।

हानको उक्त निर्णयप्रति असहमित जनाउँदै सरकारले हानसँग सोमबार छलफल गरेको थियो । छलफलमा हानका पदाधिकारीहरुले होटल व्यवसायी र श्रमिक दुबै पक्षका कुराहरु सम्बोधन नभए भयावह अवस्था सिर्जना हुने चेतावनी दिएका छन् ।

विश्वका धेरै होटल र पर्यटन व्यवसाय बन्द हुँदा कर्मचारी कटौती गरिरहेपनि नेपालमा त्यो अवस्था सिर्जना हुन नदिन उचित निर्णय हुनुपर्ने हानले बताएको छ । अहिलेको समस्यालाई सबैले इमानदारीपूर्वक सम्बोधन गर्नुपर्ने होटल संघ नेपाल (हान) का कानूनी सल्लाहकार गान्धि पण्डितले बताउनुभयो ।

होटल व्यवसायीहरुको समस्यामा आँखा चिम्लेर बसे अन्य क्षेत्रमा पनि आगो सल्किन सक्ने चेतावनी पण्डितले दिनुभयो । उहाँले भन्नुभयो, ‘‘समस्यालाई सबैले इमानदारपूर्वक सम्बोधन गरेमा ठूलो समस्या हुँदैन तर आँखा चिम्लेर बस्यो भने भयावह अवस्था आउन सक्छ । यो समस्या होटल व्यवसायीहरुको मात्रै होइन अन्य क्षेत्रमा पनि सल्किन सक्छ । यसलाई समयमै सरकार र सम्बन्धित पक्षले ध्यान दिनुपर्छ ।’’

सोमबार हानका पदाधिकारी र सरकारी पक्षबीच ८, १० महिनासम्म होटल व्यवसाय बन्द भए के गर्न सकिन्छ भन्ने विषयमा गम्भिर छलफल भएको उहाँले बताउनुभयो ।

लामो समय होटल व्यवसाय बन्द हुने अवस्थामा सरकारले गर्न सक्ने सहयोगका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । व्यवसायी र श्रमिकहरु दुबै पक्षलाई राहत पुग्नेगी सहमतिमा पुग्न सकिने संकेत आजको छलफलबाट मिलेको उहाँको भनाई छ । उहाँले भनुभयो, ‘‘समस्या होटल सञ्चालकहरुको मात्रै होइन । श्रमिक, व्यवसायी र राज्यको पनि समस्या हो । भोली बेरोजगारीको अवस्था आउन सक्छ । यसलाई त्रिपक्षीय रुपमा छलफल गरेर होटल, श्रमिक कसैलाई पनि मार नपरोस भनेर सोमबार छलफल भयो ।’’

अर्को बैठक बैशाख २९ गते बस्ने भएको छ । हानले आइतबार आगमी असोज मसान्तसम्म होटल व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो । पूर्ण रुपमा होलट बन्द हुने अवस्थामा कामदारलाई १२ दशमलव ५ प्रतिशत मात्रै तलब दिने तर कामदारले त्यसमा असहमति जनाए आंशिक वा पूर्ण रुपमा कामदार कटौतीको प्रकृया सुरु गर्ने निर्णय पनि गरेको थियो । कोभिड—१९ को नराम्रो असर अहिले होटल व्यवसायमा पनि परेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ६ : २७ बजे

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११

दुई साताअघि बेपत्ता एक युवकको शव फेला

बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

तिनाउ खोलामा बेपत्ता २ भारतीय किशोर मृत अवस्थामा फेला परे

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता