२१ भदौ २०८३, आइतबार | September 7, 2026

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार



काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाईलाई इरानले अस्वीकार गरेको छ । ट्रम्पले मुख्य बुँदामा सहमति भएको दाबीलाई इरानले अस्वीकार गरेको हो ।

ट्रम्पले इरानसँगको द्वन्द्व समाधानका लागि छलफल भइरहेको भन्दै इरानको ऊर्जा पूर्वाधारमा हुने आक्रमणलाई पाँच दिनका लागि स्थगित गरिएको बताएका थिए।

ट्रम्पले इरान आणविक हतियार त्याग्न तयार रहेको र उनीहरूकै आग्रहमा फोनमार्फत वार्ता अघि बढेको दाबी गरेका थिए । उनले सिएनएनसँग भनेका थिए, ’हामीबीच लगभग सबै मुद्दामा सहमति जुटिसकेको छ, यदि वार्ता सफल भएन भने हामी पुनः बमबारी सुरु गर्नेछौँ।’

ट्रम्पको यो भनाईलाई इरानको विदेश मन्त्रालयले झुटो भन्दै खण्डन गरेको छ। इरानी अधिकारीहरूले अमेरिकासँग कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष वार्ता नभएको प्रस्ट पारेका छन्।

इरानले आफ्ना सैन्य लक्ष्यहरू पूरा नभएसम्म वार्ताको कुनै सम्भावना नरहेको उल्लेख गरेको छ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ९ : २५ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त