२३ जेष्ठ २०८०, मंगलबार | June 7, 2023

संघीय संसदको महासचिवमा डा. भरतराज गौतम नियुक्त



काठमाडौं । संघीय संसदको महासचिवमा डा. भरतराज गौतम नियुक्त हुनुभएको छ

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार डा. गौतमलाई महासचिवमा नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा १०६ को उपधारा १ बमोजिम कास्कीका गौतमलाई संसदको महासचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यसअघि, सोमबार दिउँसो सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदका सचिव गौतमलाई महासचिव नियुक्त गर्न सिफारिस गर्नुभएको थियो ।

पूर्व महासचिव मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि सभामुख अग्निप्रसाद सापकोटाले सचिव गोपालनाथ योगीलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिनुभएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ६ : ३४ बजे

एमालेमा बुढा नेताहरुले आजीवन पद ओगट्न पाउने बाटो खुलाइयो

काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेरहद हटाउने भएको छ

रेशम चौधरी आममाफी प्रकरण : सर्वोच्चले दिएन उत्प्रेषणयुक्त परमादेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम

पुर्ख्यौली पेसा छोड्दैछन् गन्धर्व

दाङ । गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वहरु

कल बाइपास आरोपमा एक चिनियाँसहित दुई जना पक्राउ

काठमाडौं । कल बाइपास गरेको आरोपमा एक जना चिनियाँसहित दुई