२१ माघ २०८२, बुधबार | February 5, 2026

२५ गते पछिको लकडाउन मोडालिटीबारे मंगलबार निर्णय हुने



काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरु सफल भएको निष्कर्ष निकालेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको समितिको २२औँ समीक्षात्मक बैठकमा कोरोना नियन्त्रणका सम्बन्धमा समितिले अहिलेसम्म गरेका प्रयासहरु सही दिशामा भएको निष्कर्ष निकालेको हो ।

“समितिले कोरोना रोकथामबारे गरेका प्रयासहरु सही दिशामा नै भएको आजको बैठकमा समीक्षा गरिएको छ, लकडाउन यही वैशाख २५ गतेसम्म छ, सबै तयारी गरे मङगलबार बस्ने बैठकले केही निर्णयहरु गर्नेछ, त्यसको लागि गृहकार्य भइरहेको छ” समितिका प्रवक्ता नारायणप्रसाद विडारीले भन्नुभयो ।

उहाँले अहिलेसम्म पिसीआर विधिबाट १३ हजार ४२० र आरडिटीबाट ४९ हजार ६८८ को परीक्षण भइसकेको जानकारी दिँदै तराईका केही क्षेत्रहरुमा सङ्क्रमितको सङ्ख्या बढिरहेको अवस्थालाई अध्ययन गरेर मात्रै मङ्गलबारको बैठकले बन्दाबन्दीबारे मन्त्रिपरिषद्लाई सिफारिस गर्ने बताउनुभयो ।

प्रवक्ता विडारीले भन्नुभयो, “सबै अवस्थालाई सँगसँगै विश्लेषण गर्दै आर्थिक जनजीवनलाई अझ सहज पार्ने ढङ्गमा र रोगको सङ्क्रमणलाई आफ्नो नियन्त्रणमा राख्ने सिलसिलामा के गर्न सकिन्छ रु २५ गतेपछि कसरी अगाडि बढ्न सकिन्छ भन्ने खालको समीक्षात्मक बैठक आज भएको हो ।” कोरोनाको जोखिम कम भएका केही पहाडी क्षेत्रहरुमा लकडाउन हटाउनुपर्छ भन्नेबारे संसदीय समितिबाट सुझावहरु आएको र ती सुझावलाई पनि मनन गरिएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ६ : ४५ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता