६ जेष्ठ २०८२, मंगलबार | May 21, 2025

२५ गते पछिको लकडाउन मोडालिटीबारे मंगलबार निर्णय हुने



काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरु सफल भएको निष्कर्ष निकालेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको समितिको २२औँ समीक्षात्मक बैठकमा कोरोना नियन्त्रणका सम्बन्धमा समितिले अहिलेसम्म गरेका प्रयासहरु सही दिशामा भएको निष्कर्ष निकालेको हो ।

“समितिले कोरोना रोकथामबारे गरेका प्रयासहरु सही दिशामा नै भएको आजको बैठकमा समीक्षा गरिएको छ, लकडाउन यही वैशाख २५ गतेसम्म छ, सबै तयारी गरे मङगलबार बस्ने बैठकले केही निर्णयहरु गर्नेछ, त्यसको लागि गृहकार्य भइरहेको छ” समितिका प्रवक्ता नारायणप्रसाद विडारीले भन्नुभयो ।

उहाँले अहिलेसम्म पिसीआर विधिबाट १३ हजार ४२० र आरडिटीबाट ४९ हजार ६८८ को परीक्षण भइसकेको जानकारी दिँदै तराईका केही क्षेत्रहरुमा सङ्क्रमितको सङ्ख्या बढिरहेको अवस्थालाई अध्ययन गरेर मात्रै मङ्गलबारको बैठकले बन्दाबन्दीबारे मन्त्रिपरिषद्लाई सिफारिस गर्ने बताउनुभयो ।

प्रवक्ता विडारीले भन्नुभयो, “सबै अवस्थालाई सँगसँगै विश्लेषण गर्दै आर्थिक जनजीवनलाई अझ सहज पार्ने ढङ्गमा र रोगको सङ्क्रमणलाई आफ्नो नियन्त्रणमा राख्ने सिलसिलामा के गर्न सकिन्छ रु २५ गतेपछि कसरी अगाडि बढ्न सकिन्छ भन्ने खालको समीक्षात्मक बैठक आज भएको हो ।” कोरोनाको जोखिम कम भएका केही पहाडी क्षेत्रहरुमा लकडाउन हटाउनुपर्छ भन्नेबारे संसदीय समितिबाट सुझावहरु आएको र ती सुझावलाई पनि मनन गरिएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ६ : ४५ बजे

चौरजहारीमा आयोजित जनसभा मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट : प्रचण्ड

रूकुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्व पौडेल गभर्नरमा नियुक्त

काठमाडौं । सरकराले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ

गभर्नरका लागि विश्व पौडेलको नाम एक नम्वरमा सिफारिस

काठमाडौं । गभर्नर सिफारिस समितिले प्राडा विश्वनाथ पौडेलको नाम एक

विश्व पौडेल विरुद्ध रिट दर्ता नगर्ने आदेश सदर

काठमाडौं। सर्वोच्च अदालतले डा विश्व पौडेललाई गभर्नर बन्ने रोक नहुने

नवलपुरमा बस र माइक्रो ठोक्किदा ९ जना घाइते, ५ को अवस्था गम्भीर

नवलपुर। नवलपुरको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा