४ पुस २०८२, शुक्रबार | December 20, 2025

मंगलबारदेखि ३ दिनसम्म नेपालगन्ज उपमहानगरलाई निषेधित क्षेत्र घोषणा



काठमाडौं । मंगलबारदेखि तीन दिनसम्म बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिने भएको छ।

कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण दर न्यूनिकरण गर्न तथा स्वाब परीक्षणलाई प्रभावकारी बनाउन नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो ।

सोमबार प्रमुख जिल्ला अधिकारी कुमार खड्काको अध्यक्षतामा बसेको कोभिड संकट व्यवस्थापन सम्बन्धी सर्वदलीय/सर्वपक्षीय बैठकले निषेधित क्षेत्रको घोषणा गरेको हो ।

बैठकले कोरोना भाइरस संक्रमितको कन्ट्रयाक्टट्रेसिङ र स्वाब परीक्षणलाई प्रभावकारी बनाउन नगर क्षेत्र निषेधित घोषणा गर्ने निर्णय गरेको छ। मंलबार बिहान ११ बजेदेखि बैशाख २५ गते मध्यरातिसम्म नगर क्षेत्र निषेधित गर्न सिफारिस गरेको हो।

त्यस अवधिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मी बाहेक अरु कोही पनि घरबाहिर निस्कन नपाउने निर्णय बैठकले गरेको छ।

लकडाउनलाई नागरिकले अटेर गरेपछि निषेधाज्ञा जारी गर्नु परेको बांकेका प्रहरी प्रमुख बिर बहादुर ओलीले बताउनु भयो । कर्फुकै प्रकृतिको आदेश भएकाले अटेर गरे प्रहरीले निषेधाज्ञा पालना गराउन हदैसम्मको बल प्रयोग गर्ने जानकारी दिनु भयो ।

बैठकले कोरोना संक्रमणबारे गलत सूचना फैलाउनेहरुलाई कारवाही गर्ने निर्णय पनि गरेको छ । यस्तै, नेपालगञ्ज मेडिकल कलेज नजिक रहेको सब्जिमण्डी अर्को सूचना नभएसम्म बन्द गर्ने निर्णय पनि गरेको छ।

नेपालगन्जमा आइतबार एकै दिन १६ जनामा कोरोना संक्रमण देखिएको थियो । यसअघि कोरोना संक्रमित एक व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब परीषण गर्दा उनीहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

 

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ६ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको