५ चैत्र २०८१, मंगलबार | March 18, 2025

सुगन्धित जडिबुटी खेतीमा किसान



नेपालगन्ज । सुगन्धित जडिबुटी फूलको व्यावसायिक तेल उत्पादनले यहाँका किसानको जीवनस्तर उकास्न सहयोग पुगेको छ । बर्दियाको मधुवन नगरपालिका वडा नं १ सूर्यपटुवा क्षेत्रका किसान क्यामोमाइल जातको जडिबुटीबाट सुगन्धित तेल उत्पादनमा लागेका छन् ।

पश्चिम तराई भूपरिधि विकास आयोजनाको सहयोगमा क्यामोमाइल तेल उत्पादनमा किसान आकर्षित भएको शिव बचत तथा सहकारी संंस्थाका सदस्य तथा प्राविधिक रामबहादुर थापाले जानकारी दिनुभयो ।

क्यामोमाइलबाट सुगन्धित धुप र तेल उत्पादन हुन्छ । उहाँका अनुसार चार महिनामा तयार हुने सो खेती यस वर्ष करीब ४५ बिघा क्षेत्रफलमा लगाइएको छ ।

गत वर्ष सात बिघामा लगाइएको सो जडिबुटीबाट किसानले करीब रु २५ लाख बराबरको तेल सहकारी संस्थालाई बिक्री गरेका थिए । क्यामोमाइलको प्रशोधन गर्ने हाल तीन यन्त्र छन् । अरु दुई थप गर्ने योजना रहेको सहकारीका प्राविधिक थापाले बताउनुभयो ।

सहकारीले किसानबाट उत्पादन खरीद गरी नेपालगञ्जमा बिक्री गर्ने गरेका छन् । यसको प्रतिलिटर मूल्य रु। ४८ हजार छ । क्यामोमाइलबाट औषधि, स्याम्पु, अत्तर जस्ता सुगन्धित वस्तु उत्पादन हुन्छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १२ : ३७ बजे

छिटफुट घटनाबाहेक स्ववियु निर्वाचन सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा

लिङ्देनले बहिस्कार गर्दा कमल थापाले दिए नवराज सुबेदी नेतृत्वको राजावादी आन्दोलनलाई मान्यता

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समिति

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी