४ पुस २०८२, शुक्रबार | December 19, 2025

निषेधआज्ञा पालना गराउन समन्वय अधिकारीलाई सहायक सिडीयोमा सरुवा



नेपालगञ्ज। स्थानीय प्रशासनले प्रभावकारी काम गर्न नसकेको भन्ने गुनासो आईरहेका बेला सरकारले बाँकेका जिल्ला समन्वय अधिकारी हरि प्याकुरेलको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरेको छ ।

केहि राजनितीकदल र स्थानीयबासीहरुले प्रमुख जिल्ला अधिकारीको सरुवाको माग गरेको चर्चा सार्वजानिक भएसंगै प्याकुरेललाई जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको हो । बांकेको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको नोकरीको समयावधिका कारण स्वत अवकास प्राप्त गर्ने दिन नजिक रहेकाले उनलाई सरुवा नगरि कुशल प्रशासककारुपमा चिनिएका प्याकुरेललाई सहायक प्रमुख जिल्ला अधिकारीकारुपमा सरुवा गरिएको बताईएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भई जिल्ला समन्वय समिति बाँकेमा हाजिर भएको डेढ महिनामै प्याकुरेलको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा प्रशासनमा सरुवा भएको हो । नेपालगञ्जमा कोरोना संक्रमण समुदायमा फैलिएको अवस्थामा प्रशासनमा अव्वल दख्खल भएका प्याकुरेलको प्रशासनमा सरुवा भएको हो ।

लकडाउन कार्यान्वयन गर्ने सम्बन्धमा नेपालगन्जमा असफल भएको र त्यसैको परिणाम स्वरुप नेपालगन्जमा कोरोना भाइरसले माहामारीको रुप लिएको स्थानीय संघसंस्थाहरुले प्रशासनलाई आरोप लगाएका थिए ।

स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेकै पहिलो दिन नेपालगन्जमा स्थानीय ब्यवसायी र प्रहरी बिच झडप भएको थियो । नेपालगन्जमा लकडाउन फितलो भएकै कारण कोरोना संक्रमण दिनदिनै बढ्दै गएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको