११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

प्रधानमन्त्रीले सम्झे कार्ल मार्क्स



प्रधानमन्त्री केपी ओलीले बिश्व कम्युनिष्ट आन्दोलनका प्रबर्तक कार्ल मार्क्सको स्मरण गर्नुभएको छ । कार्ल मार्क्सको २०२ औं जन्म जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले मार्क्स प्रति श्रद्धान्जली अर्पण गर्नुभएको छ । आज प्रकाशित श्रद्धान्जली बक्तब्यमा भनिएको छ, “मानव जातिको मुक्तिका लागि यस युगका चिन्तक, दार्शनिक तथा महानायक कार्ल मार्क्र्सको २०२ औं जन्मजयन्तिका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु” ।
कार्ल मार्क्र्सले विश्व मानव जातिको इतिहासमा चिन्तकका रुपमा एउटा सहश्राब्दीलाई नै सर्वाधिक रुपमा प्रभावित पार्न सफल भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मानव जातिको इतिहासलाई अध्ययन गर्ने मात्र होइन, त्यसलाई बदल्ने विचार समेत कार्ल माक्र्सले दिन सफल हुनु भएको स्पष्ट पार्नुभएको छ । उहांले मानव समाजमा न्याय, समानता र श्रमिक वर्गको हितमा माक्र्सले अगाडि सार्नु भएका विचारले एउटा सहश्राब्दीलाई नै प्रभावित पारेको बताउनु भएको छ । प्रधानमन्त्रीले भन्नु भएको छ, “सहश्राब्दीबाट प्राप्त ज्ञान, विचार र चिन्तनलाई श्रमिक वर्ग र मानव जातिको हितमा सदुपयोग गर्न यस अवसरमा म सबैमा हार्दिक आह्वान गर्दछु”।
प्रधानमन्त्री ओलीले हाम्रो सन्दर्भमा आजको मार्क्र्सवाद देशबाट गरिवी हटाउने, जनताको जीवनमा सुखभर्ने, सामाजिक न्याय सहितको समानता कायम गरी मुलुकलाई समृद्ध बनाउनु भएको उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ९ : ५८ बजे

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौं । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

असार दोस्रो साता एमाले केन्द्रीय कमिटी बैठक, पार्टी पुनर्गठनका लागि कार्यदल गठन

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता

हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध

काठमाडौँ । गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता