१५ चैत्र २०७९, बुधबार | March 29, 2023

नेकपाको सचिवालय बैठक सुरु, स्थायी समिती बैठकको एजेण्डा तय गरिने



काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी [नेकपा] को सचिवालय बैठक सुुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले भोलि बिहिवार बस्ने स्थायी कमिटी बैठकमा प्रस्तुत हुने एजेन्डा तय गर्ने छ ।

बैठकमा सचिवालयको तर्फबाट कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव बिष्णु पौडेलले तयार पारेको प्रतिवेदनमा समेत छलफल गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताउनु भयो।

२० गते सम्पन्न सचिवालय बैठकले २५ गते बिहिवारका लागि स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । स्थायी कमिटीको बैठकको तयारीका लागि आज सचिवालय बैठक बस्ने निर्णय गरेको थियो । उक्त बैठकले स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने प्रस्ताव लेख्नेका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव बिष्णु पौडेललाई जिम्मेवारी समेत दिईएको थियो ।

पार्टीमा आन्तरिक बिवाद चुलिदै जादा २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठक बोलाउन हस्ताक्षर गरि पत्र बुझाएका थिए।

पार्टीको एउटा समुहले प्रधानमन्त्रीको कार्यसैली गलत भएको र पार्टी निर्णय बिपरित अगाडि बढेको भन्दै कडा आलोचना गर्दै आएको छ । आज बैठक बस्नु पुर्व पनि प्रधानमन्त्री ओली र बरिष्ठ नेता माधव कुमार नेपाल समुहको छुट्टाछट्टै भेटघाट र भेला जारी रहेको थियो ।

चालु सचिवालय बैठक र आसन्न स्थायी कमिटी बैठकले पार्टीमा उत्पन्न बिवाद किनारा लगाउने कार्यकर्ताहरुले अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ४ : ३६ बजे

देउडा अभिनयमा जम्दै ‘झरना’

महेन्द्रनगर । पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना

बालुवाटारमा सत्ता गठबन्धन बैठक सुरु, सरकारको न्युनतम साझा कार्यक्रम मुख्य एजेण्डा

काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई

आज चैते दशैं, यस्तो छ चैते दशैंको धार्मिक महिमा

काठमाडौं । आज हिन्दुहरुको दोस्रो दशैंकारुपमा चैते दशैं पर्व मनाइँदै

बसाइँसराइले रित्तिँदै जैमिनीका गाउँ

बलेवा । दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई

पर्वतका दीर्घरोगी सरकारी राहतबाट बञ्चित

कुश्मा । सरकारले दीर्घरोगीलाई रु पाँच हजार राहत दिने निर्णय