३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

नेकपाको सचिवालय बैठक सुरु, स्थायी समिती बैठकको एजेण्डा तय गरिने



काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी [नेकपा] को सचिवालय बैठक सुुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले भोलि बिहिवार बस्ने स्थायी कमिटी बैठकमा प्रस्तुत हुने एजेन्डा तय गर्ने छ ।

बैठकमा सचिवालयको तर्फबाट कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव बिष्णु पौडेलले तयार पारेको प्रतिवेदनमा समेत छलफल गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताउनु भयो।

२० गते सम्पन्न सचिवालय बैठकले २५ गते बिहिवारका लागि स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । स्थायी कमिटीको बैठकको तयारीका लागि आज सचिवालय बैठक बस्ने निर्णय गरेको थियो । उक्त बैठकले स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने प्रस्ताव लेख्नेका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव बिष्णु पौडेललाई जिम्मेवारी समेत दिईएको थियो ।

पार्टीमा आन्तरिक बिवाद चुलिदै जादा २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठक बोलाउन हस्ताक्षर गरि पत्र बुझाएका थिए।

पार्टीको एउटा समुहले प्रधानमन्त्रीको कार्यसैली गलत भएको र पार्टी निर्णय बिपरित अगाडि बढेको भन्दै कडा आलोचना गर्दै आएको छ । आज बैठक बस्नु पुर्व पनि प्रधानमन्त्री ओली र बरिष्ठ नेता माधव कुमार नेपाल समुहको छुट्टाछट्टै भेटघाट र भेला जारी रहेको थियो ।

चालु सचिवालय बैठक र आसन्न स्थायी कमिटी बैठकले पार्टीमा उत्पन्न बिवाद किनारा लगाउने कार्यकर्ताहरुले अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ४ : ३६ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय