१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

वित्तीय उत्तरदायित्व नहुँदा संवैधानिक संकट आउने चिन्ता



काठमाडौं । महालेखा नियन्त्रक गोपिनाथ मैनालीले वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट आउन सक्ने बताउनुभएको छ ।

राजश्व बाँडफाँड, वित्त हस्तान्तरण लगायत सार्वजनिक वित्त व्यवस्थापन सँग सम्बन्धित विषयमा छलफल गर्न आयोजित अर्थसमितिको बैठकमा महालेखा नियन्त्रका मैनालीले लकडाउनले अर्थतन्त्रमा पारेको असर कमगर्न काम गर्दा संवैधानिक संकट आउन सक्ने खतरा रहेको बताउनुभएको हो ।
हाँले भन्नुभयो ‘कोरोना आइसकेपछाडि हाम्रो वित्तीय उत्तरदायित्व ऐनको नियमावली पनि छैन् । संसदले हामीलाई के म्याण्डेट दिएको छ भन्दा वित्तीय उत्तरदायित्व ऐनबाट भन्दा खर्च गर्ने र आलेप गर्ने छुट्टै स्ट्रिम हुनुपर्छ एकाउन्ट भित्र भनेको छ । त्यो काम हामीले गर्न सकेका छैनौं । एउटा सानो संबैधानिक संकट आउनसक्ने अवस्था छ आगामी आर्थिक वर्षमा अडिटको सिलसिलालाई लिएर ।’

कोरोना कोषमा जम्मा भएको करिब २ अर्ब १८ करोड रुपैयाँबाट अहिले सम्म निकासा नगरिएको र ट्रेजरीबाट व्यवस्थापन गरिरहेको अवस्थामा वित्तीय उत्तरदायित्व ऐनको नियमावली नहुँदा समस्या आउन सक्ने मैनालीले बताउनुभयो । वित्तीय उत्तरदायित्व ऐनले खर्च गर्ने र आलेप गर्ने स्ट्रिम हुनुपर्छ भनेको अवस्थामा नियमावली नहुँदा संकट आउन सक्ने बताउनुभएको हो । उहाँले प्रदेश सरकारहरुले खोलेको कोरोना कोषबाट भने रकम खर्च भइराखेको बताउनुभयो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू गरिएपछि सरकारको आम्दानीमा असर परेको मैनालीले बताउनुभयो । उहाँले वैशाख २३ गते सम्म ५ खर्ब ९३ अर्ब राजस्व उठेको र ऋण अनुदान समेत गर्दा कुल ६ खर्ब ४६ अर्ब आम्दानी पुगेको बताउनुभयो । यस्तै भ्याट र अन्तशुल्क समेत लकडाउन भएपछि कम उठेको बताउनुभयो ।

जसका कारण सरकारको लक्ष्यमा असर गर्ने र स्थानीय तह एवं प्रदेश सरकारलाई वितरण गर्ने बजेटमा समेत असर पर्ने बताउनुभयो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले लकडाउनका कारण अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकारी खर्च गर्ने तरिकामा फरक रणनीति अपनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘बिजनेस एजयुजअल हिसाबले यो समस्या समाधान हुँदैन । अहिले हामीले भूकम्पमा यो गरेका थियौं भन्नेले पनि त्यो नलेजले पनि हामीलाई धेरै कुरा अनुमान गर्नलाई सहयोग गर्छ त्यो नलेजलाई चाहिदैन भनेको होइन् । तर त्यो भन्दा पनि पर छ है यसको कम्लिकेसन चाहिं ।’ यस अघि हुँदै आएको स्थिति अनुसार कुनै समाधान ननिस्कने र भूकम्प लगायतको विपद्को अवस्थामा अपनाएको गतिविधिबाट समेत समस्या समाधान नहुने भएकाले नयाँ रणनीति निर्माण गर्नुपर्ने बताउनुभयो ।

स्थानीय तहमा विपद व्यवस्थापन सम्बन्धी बजेटको तर्जुमा गर्ने, योजना बनाउने सीप न्यून हुने भएकाले संघीय सरकारले सघाउनुपर्ने अध्यक्ष पौडेलले बताउनुभयो । त्यसका लागि गाइडलाइनहरु, स्टाण्डर्डहरु, प्राटोकलहरु, मोनिटरिङको फ्रेमवर्क लगायतका कुराहरु बनाउने विषयमा सघाउनुपर्नेमा पौडेलले जोड दिनुभयो ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ५ : ०६ बजे

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता