१८ श्रावण २०८३, सोमबार | August 3, 2026

नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित



काठमाडौं । बिहीबार बस्ने तया भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटीका एजेण्डा तय गर्न नसेकेपछि बिहीबारको बैठक स्थगित भएको हो । सचिवलय बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बीचैमा छोडेर हिँडेपछि भाँडिएको थियो ।

स्थायी कमिटी बैठकका एजेण्डाका विषयमा अध्यक्षद्वय ओली र प्रचण्डबीच कुरा मिलेको थिएन । एजेण्डालाई अन्तिम रुप दिन समय नपुगेपछि स्थायी कमिटी बैठक स्थागित भएको महासचिव विष्णु पौडेलले बताउनुभयो । अर्को बैठकको मिति पछि तय हुने पनि पौडेलले बताउनुभयो ।

अब, शुक्रबारदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ । अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुनेछ भनु जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । यसकारण नेकपा स्थायी कमिटी बैठक कम्तिमा पनि जेठ १५ गतेसम्मका लागि टरेको छ ।
स्थायी कमिटी बैठक सरेसँगै अध्यक्ष ओलीलाई भने हाइसञ्चो भएको छ । बैठक छल्नका लागि ओलीले सबै उपाय अनाउनुभएको थियो । आफुलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैबाट हटाउन खोजेको, आफु विरोधी गुट बैठकहरु हुँदै आएको भन्दै आक्रोशित हुनुभएका ओलीले स्थायी कमिटी बैठक सार्न सफल हुनुभएको छ ।

ओलीको विरुद्ध मोर्चावन्दी गरेका प्रचण्ड, माधव नेपाल समूहका नेताहरु भने अलमलमा परेका छन् । उनीहरुले स्थायी कमिटी बैठकमा अलग्गै प्रस्ताव लगेर भएपनि ओलीलाई लगाम कस्न खोजेका थिए ।

पछिल्लो चराणमा गुट सक्रियताकै कारण नेकपाको संगठनात्मक अवस्था संवेदनशील मोडमा पुगेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : २५ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल