२४ माघ २०८१, बिहिबार | February 7, 2025

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको सन्देश : महामारीविरुद्ध समझदारीपूर्ण ऐक्यबद्धता आवश्यक



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीविरुद्ध समझदारीपूर्ण ऐक्यबद्धता आवश्यक रहेको बताउनु भएको छ ।

यदि आफ्नो सर्तकता, आफ्नो तयारी र रोकथाममा सबैको समझदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रूप लिन सक्ने बताउनु भएको हो ।

महामारीविरुद्ध सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमका कारण स्थिति भयावह हुन नपाएको उल्लेख गर्दै प्रधानमन्त्रीले ‘तर, भयावह हुनसक्ने लक्षणहरू’ देखिएकामा सचेत गराउनु भएको हो । “कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा पुर्‍याएको छ। संक्रमित र ज्यान गुमाउनेहरूको संख्या बढ्दो छ,” प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘यस दुःखद घडीमा म कोरोना भाइरसबाट आफ्नो अमूल्य जीवन गुमाउने सबैप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।

र, संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु।’ यदि आफ्नो सर्तकता, आफ्नो तयारी र रोकथाममा सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रूप लिन सक्ने कुरामा प्रधानमन्त्री ओलीले गराउनु भएको छ ।

सिद्धार्थ गौतम बुद्धले जन्म लिएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनको स्मरण गर्दै प्रधानमन्त्रीले विश्‍व शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको सम्मान–स्मृति र उनका शान्ति सन्देशहरूको कदरस्वरूप आजको दिनलाई संयुक्त राष्ट्रसंघले वैशाख दिवसका रूपमा मनाउने गरेको उल्लेख गर्नुएको छ ।

र, यस वर्ष कोभिड१९ को महामारीका कारण विश्‍वभर वैशाख दिवस मनाउन नपाइएको उल्लेख गरेका छन्।का लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरु पहिल्याएकाले बुद्धप्रति सबै नेपालीले गर्व गर्न सकेको उल्लेख छ । यसैवीच प्रधानमन्त्री केपी शर्माओलीले बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गर्नु भएको छ ।

उहाँले २५६४ औँ बुद्धजयन्तीका अवसरमा साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गर्नुभएकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गर्नुभएको हो ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ८ : ५४ बजे

मुलुकको अर्थतन्त्र सुधारतर्फ अग्रसर छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र ओरालो

कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने

काठमाडौँ । चालू आर्थिक वर्षको बजेटमा परेका तर पुस मसान्तसम्म

गायिका मङ्गेशकरको स्वर रहेको ‘बाचुन्जेलीलाई’ सार्वजनिक

काठमाडौँ । गायक रामकृष्ण ढकालले भारतीय गायिका लता मङ्गेशकरसँग गाएको

तिलोत्तमाको सिद्धार्थ माविले मनायो ‘किड्स डे’

बुटवल । रुपन्देहीको तिलोत्तमा-४ स्थित सिद्धार्थ माविले बिहिबार ‘किड्स डे’

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल