१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कोरोना भाइरसविरुद्धको संघर्षमा ऐक्यबद्धता जनाउने उद्देश्यले आज बेलुकी ७ बजे देशैभर दीप प्रज्ज्वलन गर्ने तयारी



काठमाडौं । कोरोना भाइरसविरुद्धको संघर्षमा ऐक्यबद्धता जनाउने उद्देश्यले २५६४औँ बुद्ध जयन्तीको अवसरमा आज बेलुकी ७ बजे देशैभर दीप प्रज्ज्वलन गर्न सरकारले आव्हान गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६४औँ जन्मजयन्तीका सन्दर्भमा कोरोना महामारीविरुद्धको लडाइँमा अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं स्वयंसेवकहरूप्रति उच्च सम्मानस्वरूप, संक्रमितहरूको शीघ्र स्वास्थ्यलाभका लागि, मृत्युवरण गरेकाको शान्तिका लागि आज बेलुकी दीप प्रज्ज्वलन गर्न आव्हान गरेको हो ।

बुद्ध जयन्तीको अवसरमा औपचारिक कार्यक्रम नगरेर आज बेलुकी ७ बजे देशैभर दीप प्रज्ज्वलन गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले जानकारी दिनुभयो ।

२५६४औँ बुद्ध जयन्तीलाई सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको कामनासहित विश्व शान्तिको कामना गर्दै मनाउने तयारी गरिएको हो ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो ।

६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उहाले विश्व प्रसिद्धि पाउनुभयो । ३६ वर्षको उमेरमा सारनाथमा उहाले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिनुभएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ९ : १० बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल