१८ श्रावण २०८३, सोमबार | August 3, 2026

दुई अध्यक्षबीच छलफलपछि स्थायी कमिटी बैठक आह्वान : अध्यक्ष प्रचण्ड



काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीच छलफलपछि छिट्टै स्थायी कमिटी बैठक आह्वान गर्ने बताउनुभएको छ ।

संघीय संसद भवनमा कोरोना भाइरसको स्वाव चेकजाँच गर्न पुग्नुभएका अध्यक्ष प्रचण्डले बिहीबारको बैठक गृहकार्य नपुगेका कारण स्थगित भएको बताउँदै छिट्टै बैठकको मिति तोकिने बताउनुभएको हो । अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगको छलफल सकिएलगत्तै एक दुई दिनमै बैठक डाकिने उहाँले प्रष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अलि गृहकार्य नपुगेकै हो । दुबै अध्यक्षले बैठक एक दुई दिन भित्र बोलाउँछौँ ।’

बुधबार प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले एजेण्डामा सहमति गर्न नसकेपछि तयारी नपुगेको भन्दै स्थायी कमिटी बैठक नयाँ मिति नतोकी स्थगित गरिएको थियो ।

बैठक स्थगित गरिएपछि प्रचण्ड-नेपाल निकट असन्तुष्ट स्थायी कमिटी सदस्यहरुले पार्टी कार्यालयमा आज छलफल गरेका थिए ।

प्रधानमन्त्री ओली भने आगामी बजेट अघि बैठक बसाल्न अनिच्छुक देखिनुभएको छ ।

अध्यक्ष प्रचण्डले आजै संसद्सको सभाहल अनुगमन पनि गर्नुभएको छ । ‘पहिले एक सिट छोडेर बस्ने भन्ने थियो तर अहिले दुई सिट छोडेर बस्न मिल्ने बनाइएको छ । प्रधानमन्त्रीका लागि २ वटा रो नै छोड्ने र माथि पनि प्रयोग गर्ने बनाउनुभएको छ । स्यानिटाइजेसन गरेर राम्रोसँग स्वास्थ्य सुरक्षाका उपाय अपनाइएको छ । ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ ’ – अनुगमनपछि प्रचण्डले भन्नुभयो ।

कोरोना भाइरसको सन्त्रासका कारण संसदको हिउँदे अधिवेशन अन्त्य भएको थियो । बजेट अधिवेशन सुरु हुनु अघि संसद भवन र बैठककक्षलाई सुरक्षित बनाउन संसद सचिवालयले तयारी गरेको छ ।

 

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ४ : ३६ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल