५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कपिलवस्तुका संक्रमित बुटवल कोरोना अस्पतालमा



कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा फेला परेका दुई कोरोना संक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा पठाइएको छ । उनीहरुलाई तौलिहवाबाट एम्बुलेन्समा विशेष अस्पताल पठाइएको हो ।

गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका ६५ जनाको स्वाब परीक्षण गर्दा बिहीबार दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । भारतको महाराष्ट्रस्थित मुम्बईबाट आएका उनीहरु दुवै तीर्थादेवी छत्रपाली माध्यमिक विद्यालय पकडीमा निर्माण गरिएको क्वारेण्टाइनमा बसेका थिए । मुम्बईबाट आउँदै गरेको जानकारी पाएपछि स्थानीयवासीले गाउँमा प्रवेश गर्न नदिने गरी बाटामै रोकेर क्वारेन्टाइनमा पठाएको वडा नं २ का वडाध्यक्ष सफरुद्दिन मुसलमानले जानकारी दिनुभयो ।

गाउँलेले मुम्बईबाट आउँदैछन् भनेर जानकारी दिएपछि नै आफूले उनीहरुलाई गाउँ पस्न रोक लगाएर राति १ बजेतिर क्वारेण्टाइनमा पु-याएको वडाध्यक्ष मुसलमानले बताउनुभयो । उनीहरुलाई राति बाटैमै खाना खान दिएर घर प्रवेश गर्न नदिई क्वारेन्टाइन पु-याइएको थियो ।
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं २ अभिरावका संक्रमित दुवै दाजुभाइ रहेको गाउँपालिकाले जनाएको छ । अहिले दुवैलाई कोरोना विशेष अस्पतालमा पु¥याइएको छ । ती मजदूर सीमानाका चाकडचौडाबाट सुरक्षाकर्मीलाई छलेर नेपाल प्रवेश गरेका थिए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीले क्वारेन्टाइनमा राखिएका अन्यको पनि परीक्षण हुने बताउनुभयो । उहाँले उनीहरुको सम्पर्क ट्रेसिङ भइरहेको बताउँदै संक्रमित भएको पुष्टि भएपछि उनीहरु गाउँमा आउने क्रममा भेट भएकाहरुको खोजी शुरु गरिएको र गाउँ पूरै सुरक्षित रहेको भन्न नसकिने जनाउनुभयो ।

इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक गणेश सुवेदीका अनुसार संक्रमित देखिएका दुई एकै घरका सदय हुन् । उनीहरुसहित पाँच जनाको परिवार सात दिनअघि लुकिछिपी अभिरावमा आएका थिए । उनीहरु गाउँमा अरुसँंग सम्पर्कमा आए आएनन् स्पष्ट बुझ्ने काम जारी रहेको प्रनि सुवेदीले वताउनु भयो ।

दुवै संक्रमितलाई लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा ल्याइएको र उनीहरुको अवस्था सामान्य नै रहेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिनुभयो । ती संक्रमितको कोरोना संक्रमणबाहेक अन्य स्वास्थ्यववस्थाको सबै परीक्षण गरेर आइसोलेशनमा भर्ना गरिनेसमेत उहाँले बताउनुभयो ।

संक्रमितको स्वास्थ्यावस्था सामान्य नै देखिए पनि उनीहरुमा क्वारेन्टाइनमा बस्दा एक सातादेखि कहिलेकाहीँ ज्वरो आउने गरेको देखिएको कोरोना अस्पतालका फोकल पर्सन लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ११ : १२ बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ