१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

कपिलवस्तुका संक्रमित बुटवल कोरोना अस्पतालमा



कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा फेला परेका दुई कोरोना संक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा पठाइएको छ । उनीहरुलाई तौलिहवाबाट एम्बुलेन्समा विशेष अस्पताल पठाइएको हो ।

गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका ६५ जनाको स्वाब परीक्षण गर्दा बिहीबार दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । भारतको महाराष्ट्रस्थित मुम्बईबाट आएका उनीहरु दुवै तीर्थादेवी छत्रपाली माध्यमिक विद्यालय पकडीमा निर्माण गरिएको क्वारेण्टाइनमा बसेका थिए । मुम्बईबाट आउँदै गरेको जानकारी पाएपछि स्थानीयवासीले गाउँमा प्रवेश गर्न नदिने गरी बाटामै रोकेर क्वारेन्टाइनमा पठाएको वडा नं २ का वडाध्यक्ष सफरुद्दिन मुसलमानले जानकारी दिनुभयो ।

गाउँलेले मुम्बईबाट आउँदैछन् भनेर जानकारी दिएपछि नै आफूले उनीहरुलाई गाउँ पस्न रोक लगाएर राति १ बजेतिर क्वारेण्टाइनमा पु-याएको वडाध्यक्ष मुसलमानले बताउनुभयो । उनीहरुलाई राति बाटैमै खाना खान दिएर घर प्रवेश गर्न नदिई क्वारेन्टाइन पु-याइएको थियो ।
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं २ अभिरावका संक्रमित दुवै दाजुभाइ रहेको गाउँपालिकाले जनाएको छ । अहिले दुवैलाई कोरोना विशेष अस्पतालमा पु¥याइएको छ । ती मजदूर सीमानाका चाकडचौडाबाट सुरक्षाकर्मीलाई छलेर नेपाल प्रवेश गरेका थिए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीले क्वारेन्टाइनमा राखिएका अन्यको पनि परीक्षण हुने बताउनुभयो । उहाँले उनीहरुको सम्पर्क ट्रेसिङ भइरहेको बताउँदै संक्रमित भएको पुष्टि भएपछि उनीहरु गाउँमा आउने क्रममा भेट भएकाहरुको खोजी शुरु गरिएको र गाउँ पूरै सुरक्षित रहेको भन्न नसकिने जनाउनुभयो ।

इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक गणेश सुवेदीका अनुसार संक्रमित देखिएका दुई एकै घरका सदय हुन् । उनीहरुसहित पाँच जनाको परिवार सात दिनअघि लुकिछिपी अभिरावमा आएका थिए । उनीहरु गाउँमा अरुसँंग सम्पर्कमा आए आएनन् स्पष्ट बुझ्ने काम जारी रहेको प्रनि सुवेदीले वताउनु भयो ।

दुवै संक्रमितलाई लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा ल्याइएको र उनीहरुको अवस्था सामान्य नै रहेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिनुभयो । ती संक्रमितको कोरोना संक्रमणबाहेक अन्य स्वास्थ्यववस्थाको सबै परीक्षण गरेर आइसोलेशनमा भर्ना गरिनेसमेत उहाँले बताउनुभयो ।

संक्रमितको स्वास्थ्यावस्था सामान्य नै देखिए पनि उनीहरुमा क्वारेन्टाइनमा बस्दा एक सातादेखि कहिलेकाहीँ ज्वरो आउने गरेको देखिएको कोरोना अस्पतालका फोकल पर्सन लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ११ : १२ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग