१२ श्रावण २०८१, शनिबार | July 27, 2024

संसद् अधिवेशनको सबै तयारी पुरा, पहिलो बैठकमा सबै दलका नेताहरुले शुभकामना दिने



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखि सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभएको छ ।

शुक्रबार अपराहन्न ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ । कोरोना भाइरसको जोखिम रहेकै बेला संघीय संसदको बजेट अधिवेशन सुरु हुनुअघि सभामुख सापकोटाले अधिवेशनबारे जानकारी गराउनुभएको हो ।

सांसदहरु बस्ने कुर्चीबीच अन्तर राख्ने, मास्क अनिवार्य लगाउनुपर्ने, संसद भवन प्रवेश गर्नुअघि ज्वरो नाप्ने, साबुन पानीले हात धुने, बोल्ने बेला माइकलाई स्यानिटाइज गर्ने लगायतका उपाय अपनाइएको छ ।

सापकोटाले उच्च सतर्कता अपनाई बैठक सञ्चालन गर्न लागिएको बताउनुभयो । ‘बैठक कक्षभित्र दुरी कायम गर्ने सवालमा विश्व स्वास्थ्य संगठनको दिशा निर्देश, नेपाल सरकारको निर्णय र स्वास्थ्य टीमको मापदण्ड अनुसार नै बैठक बस्न लागेको छ’, सापकोटाले भन्नुृभयो, ‘सांसदहरु बस्ने कुर्चीको दुरी कायम गर्न दायाँ र बाया एक मिटर ५० सेन्टिमिटर कायम गरिएको र अगाडि र पछाडि १ मिटर ३० सेन्टिमिटर कायम गरिएको छ ।’

सभामुख सापकोटाका अनुसार शुक्रबारको बैठक नियमित एजेण्डाहरुको अतिरिक्त दलका नेताहरुले शुभकामना दिएपछि समाप्त हुने छ ।
‘२८ गते ११ बजे प्रतिनिधि सभाको र १ बजे राष्ट्रिय सभाको बैठक बस्ने छ । २८ गतेको बैठकमा नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धी (प्रि-बजेट) प्रस्तुत गर्नुहुने छ’ सापकोटाले जानकारी दिनुभयो, ‘त्यसपछि केही समय स्थागित भएर पुनः बैठक बस्ने छ र प्रिबजेट माथि छलफल सुरु हुने छ ।’

२९ र ३० गतेसम्म छलफल चल्ने सभामुख सापकोटाले बताउनुभयो । त्यसपछि जेठ २ गते राष्ट्रपति विद्यादेवि भण्डारीबाट नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

जेठ ३ गते बैठक बस्ने छैन भने ४ गतेदेखि नीति तथा कार्यक्रम माथि छलफल सुरु हुने छ र छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुहुने छ । जेठ १३ गते अर्थमन्त्री खतिवडाले आगामि आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने संवैधानिक व्यवस्था अनुसार नै जेठ १५ गते आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत हुने छ ।


सभामुख सापकोटाले बजेट अधिवेशनमा सांसदहरुको उपस्थिति अधिकतम बनाउने विषयमा आफुले अधिकतम पहल गर्ने समेत बताउनुभएको छ । यस अघिको हिउँदे अधिवेशनका केही बैठकमा गणपुरक संख्या नपुग्दा बैठक स्थागित हुँदै आएकोले कतिपय विधेयक माथिको छलफल नै सम्पन्न हुन सकेको थिएन् । सोही कुरालाई मध्यनजर गर्दै सभामुख सापकोटाले यसपटक आफ्नो तर्फबाट सकेसम्म भाग लिनको लागि अधिकतम उत्प्रेरीत गर्ने बताउनुभयो ।

नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नुहुने भएकाले सांसदहरुको उपस्थितिका लागि कुनै निर्णय गर्न नपर्ने सभामुख सापकोटाले बताउनुभयो । त्यसपछि प्रधानमन्त्रीले जवाफ दिने र जेठ १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कुरामा कुनै निर्णय नहुने भएकाले गणपुरक संख्याको आवस्यकता नहुने बताउनुभयो । त्यस्तै जेठ १५ गते बजेट प्रस्तुत गर्ने कार्यका लागि पनि सांसदहरुको उपस्थितिका लागि कुनै निर्णय गर्ननपर्ने उहाँले बताउनुभयो ।

त्यसपछिका बैठकहरुमा गणपुरक संख्याको आवश्यकता पर्ने भएकाले सांसदहरुको उपस्थितिका लागि आफुले अधिकतम प्रयास गर्ने उहाँले बताउनुभयो ।

पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई पक्षबीच बढ्दै गएको विवादका कारण एकले अर्कोलाई असहयोग गर्न संसद बैठकमा नै अनुपस्थित हुने सम्मका रणनीति बनाइरहेको समाचारहरु बाहिर आएको थियो । सोहि विषयलाई लिएर सभामुख सापकोटाले आफ्नो तर्फबाट बैठकमा भाग लिनका लागि आफ्नो तफबट उत्प्रेरित गराउन अधिकतम पहल गर्ने बताउनुभएको हो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १२ : २१ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान