८ बैशाख २०८१, शनिबार | April 20, 2024

२१२ सांसद मात्र संसद भवन प्रवेश योग्य



काठमाडौं । संघीय संसदका २१२ सांसद संसद बैठकमा प्रवेश गर्न योग्य ठहरिएकाछन् । संसद भवन नयां बानेश्वरमा कोरोना भाइरसको परिक्षणका लागि लिईएको उनीहरुको स्वावको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु संसद बैठकमा सहभागि हुन योग्य बनेका हुन् । संसद सचिवालयले संसदको बजेट अधिवेशनमा भाग लिन कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य देखाउनु पर्ने ब्यवस्था गरेको थियो ।

हिजो परिक्षण गरिएको नमुनामा सांसद र कर्मचारीहरु सहित ४४१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। बिहीबार संसद भवन नयाँ बानेश्‍वरमा गरिएको परीक्षण रिपोर्ट शुक्रबार आएको हो। परीक्षण गरिएकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएको संसद सचिवालयले जनाएको छ। बिहीबार संघीय सांसद र अन्यसहित ४४१ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो। बिहीबार १७९ जना प्रतिनिधिसभा सदस्य, ३३ राष्ट्रियसभा सदस्य, २२९ जना कर्मचारी र मर्यादापालकसहित ४४१ जनाको रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ ।

संघीय संसदका ५४ जना सांसद कोरोना परीक्षणका लागि स्वाब संकलनमा छुटेका छन् । संसद सचिवालयले नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बिहीबार र शुक्रबार स्वाब संकलनको व्यवस्था मिलाएको थियो ।

संघीय संसदको प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य हुन्छन् । जसमध्ये प्रतिनिधिसभाका ४ सांसद विजयकुमार गच्छदार, रेशम चौधरी, मोहम्मद अस्ताब आलम र हरिनारायण रौनियार निलम्बित छन् । राष्ट्रियसभाका ५९ मध्ये राष्ट्रपतिले नियुक्त गर्ने एक पदक खाली छ । छुटेका सांसदहरुले परिक्षण नगराई संसद भवन प्रवेश प्रवेश गर्न पाउने छैनन् । उनीहरु हाल काठमाडौं उपत्यकामा नरहेका र उनीहरुले अब आफैं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गई कोरोना परीक्षण गर्नुपर्नेछ ।

‘काठमाडौं नरहनुभएका छुट्नुभएको छ । उहाँहरुले टेकु गएर परीक्षण गराएर रिपोर्ट लिएपछि मात्रै संसद बैठकमा सहभागिता जनाउन सक्नुहुनेछ’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  २ : १४ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन