३ फाल्गुन २०८१, शनिबार | February 16, 2025

सिंहदरबारको निषेधित क्षेत्र तोड्न खोज्ने चिनियाँ पक्राउ



काठमाडौं । नेपाल प्रहरीले निषेधित क्षेत्र तोडेको जनाउँदै चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

लकडाउनका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आक्रमण गरेपछि तिनलाई पक्राउ गरिएको सिंहदरबार प्रहरी वृत्तका प्रहरी निरीक्षक वेद पौडेलले जानकारी दिनुभयो ।

सिंहदरबार अगाडिबाट साढे ३ बजे करीब २५ चिनियाँलाई पक्राउ गरिएको हो । उहाँले निषेधित क्षेत्र तोडे सिंहदरबार आएर प्रहरीमाथि नै आक्रमण गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बताउनुभयो । ती नागरिक घर जान पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्यााक होम’ प्ले कार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए । “उनीहरु निषेधित क्षेत्रतर्फ आउन थालेपछि हामीले रोक्यौँ तर उनीहरु नमानेर सिंहदरबारसम्म आए”, उहाँले भन्नुभयो, “सिंहदरबार आएर पनि हामीमाथि आक्रमण गरेपछि हामीले तिनीहरुलाई नियन्त्रण लिएका हौँ ।”

उनीहरुले प्रहरीको लाठी खोसेर तिनलाई नै हिर्काएका थिए । त्यसको जवाफमा प्रहरीले पनि उनीहरुमाथि लाठी हानेको थियो । लाठीबाट प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको टाउकामा चोट लागेको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार बस्नेतसहित नेपाल प्रहरीका पाँच र उनीहरुतर्फ ६ घाइते भएका छन् । पक्राउ गरी तिनीहरुलाई भुकृटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको उहाँले जानकारी दिनुभयो । प्रहरीले भद्रकालीबाट नै प्रवेश गर्न नदिए पनि उनीहरु ठेलमठेल गर्दै सिंहदरबार पुगेका थिए । पर्यटक राहदानीमा घुम्न आएका ती चिनियाँ ठमेलबाट रानीपोखरी, रत्नपार्क हुँदै सिंहदरबारतर्फको निषेधित क्षेत्रतर्फ आएका हुन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ५ : ०६ बजे

पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी

पाल्पा । जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी

‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल

बाँकेमा १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव भएपछि अस्पताल भर्ना, एकजना पक्राउ

नेपालगन्ज । बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार