१८ श्रावण २०८३, सोमबार | August 3, 2026

सरकारलाई कुनै पनि प्रकारको आपराधिक कार्य अस्विकार : सुवास नेम्वाङ



काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार कुनै पनि प्रकारको आपराधिक कार्यको पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।

संघीय संसदको छटौ अधिवेशन अर्थात बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिदै उपनेता नेम्वाङले सरकार संविधान कार्यान्वयनमा प्रतिवद्ध रहेको र आपराधिक कार्यको पक्षमा नरहेको बताउनुभएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका नेता शेरबहादुर देउवाले बैठकमा बोल्दै सांसद अपहरण जस्तो अवाञ्छित र आपराधिक गतिविधिमा सरकार संलग्न रहेको आरोप लगाएपछि उपनेता नेम्वाङले सरकारको बचाउ गर्नुभएको हो । उहाँले ‘सांसद अपहरण’को यथार्थ यसै अधिवेशनमा आउने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो “सांसदको अपरहणको कुरा विवादै छैन । कुनै पनि नाममा यस्ता खालका कामहरु हुनु हुदैन । तर भएको के हो ? यथार्थ के हो ? त्यस सम्बन्धी कुराहरु पनि यही संसद चल्दा चल्दैको अवस्थामा यथार्थ कुरा आउँछ भन्ने मलाई विश्वास छ । हामी कुनै प्रकारका आपराधिक कार्यहरुको पक्षमा छैनौ । ”

उहाँले घुमाउरो शैलीमा सरकार जवाफदेही र पारदर्शी भएको दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो “यो अधिवेशनले एउटा राम्रो निष्कर्षमा हामीलाई पुराउन सकोस् । देशलाई जवाफदेहीता र पारदर्शीताको टुंगोमा, निष्कर्षमा पुर्याउन यो अधिवेशनले महत्वपुर्ण भूमिका निर्वाह गर्न सकोस् । यसमा हाम्रो भुमिका रहन्छ । हाम्रो सहयोग रहन्छ । ”

उहाँले मुलुक अत्यन्तै अप्ठ्यारो र चुनौतिपुर्ण अवस्थामा रहेकाले समस्या सम्बोधन गर्ने सन्र्दभमा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले कारोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन विकल्पहिन बाध्यता र आवश्यकता भएको बताउनुभयो । उहाँले कोरोनाले क्षति पुराएको विविध पक्षको सम्बोधन गर्नका यो अधिवेशनमा आधारहरु तय गर्दै अघि बढ्नुपर्ने आवश्यता रहेकाले त्यस अभियानमा सबैको सहयोग प्राप्त हुने विश्वास आफुले लिएको बताउनुभयो । प्रमुख प्रतिपक्षी लगायत सम्पुर्ण प्रतिपक्षी दललाई कोरोना विरुद्धको लडाईमा एकजुट भएकोमा सरकारको तर्फबाट धन्यवाद दिनुभयो ।

उहाँले यो अधिवेशनले बजेट संगै शान्ति प्रक्रियाका बांकी कामलाई पनि अन्तिम टुंगोमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता आयोग सम्बन्धी कानुन निर्माण अन्तिम चरणमा पुगेको यसै अधिवेशले टुंगो लगाउने विश्वास आफुले लिएको बताउनुभयो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ६ : २९ बजे

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा