७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख ७६ हजार २ सय १० पुग्यो



काठमाडौ । विश्वका विभिन्न देशमा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख ७६ हजार २ सय १० जनाको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या ४० लाख १२ हजार ६ सय १० पुगेको छ । दुई सय १२ देश र दुईवटा पानीजहाजमा अहिलेसम्म ४० लाख १२ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ ।

जसमध्ये १३ लाख ८२ हजार भन्दा धेरैजना निको भएका वर्ल्डओमिटरले जनाएको छ । उपचार गराइरहेका २३ लाख ५२ हजारमध्ये दुई प्रतिशतको अवस्था जटिल र बाँकीको अवस्था सामान्य रहेको पनि वर्ल्डओमिटरले जनाएको छ ।

गएको २४ घण्टामा विभिन्न देशमा गरि साढे ५ हजार ५ सय ३४ जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमित र ज्यान गुमाउने सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छन् ।

अमेरिकामा अहिलेसम्म १३ लाख २० हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा ७८ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै बेलायतमा ३१ हजारभन्दा धेरै, इटालीमा ३० हजारभन्दा धेरै, स्पेन र फ्रान्समा २६ हजार भन्दा धेरैको ज्यान गैसकेको छ ।

भारतमा कोरोना सङ्क्रमितको संख्या साढे ५९ हजार नाघेको छ । हिजो ३३ सय भन्दा धेरै नयाँ बिरामी थपिएपछि भारतमा ५९ हजार ६ सय ९३ जनामा कोरोना पुष्टि भएको हो । त्यहाँ अहिलेसम्म १ हजार ९ सय ८५ जनाको ज्यान गएको छ । १७ हजार ८ सय ८७ जना भने निको भएका छन् ।

यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्सका प्रेस सेक्रेटरी कैटी मिलरलाई पनि कोरोनाको सङ्क्रमण देखिएको छ ।

यसअघि शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पका एकजना सहयोगीलाई पनि कोरोना भएको पाइएको थियो । ह्वाइटहाउसले अहिले दैनिक राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्सको कोरोना परीक्षण गरिरहेको तथा ट्रम्पलाई सुरक्षित राख्न आवश्यक सावधानी अपनाइरहेको जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ७ : २७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११