२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

सिंहदरबार अगाडिको प्रदर्शन र प्रहरीमाथि आक्रमणबारे चिनियाँ दूतावासले दियो स्पष्टिकरण



काठमाडौं । केही चिनियाँ नागरिकले सिंहदरबार अगाडि निषेधित क्षेत्रमा गरेको प्रदर्शनबारे चिनियाँ दूताबासले ध्यानाकर्षण भएको जनाएको छ ।

दूतावासका प्रवक्ताले सञ्चार माध्यमलाई पठाएको प्रश्नोत्तर नोटमा घटनाबारे नेपाल प्रहरीसँग निरन्तर सम्पर्कमा रहेर जानकारी प्राप्त गरेका जनाएका छ्न । दुतावासका प्रवक्ताले भनेका छन्, ‘लकडाउनका बीचमा भएका घटनाबाट उत्पन्न सबैखाले परिस्थितिलाई दुवै देशले एकअर्काको नजिकको सम्पर्कमा रहेर समाधान गर्न सक्छन्’ ।

चीनले जहिले पनि नेपालको नियम र कानुनलाई पालना गर्न आफ्ना नागरिकहरुलाई कडा निर्देशन दिँदै आएको बताउँदै प्रवक्ताले आफ्ना माग कानुनसम्मत तरिकाले सम्बन्धित निकायमा पुर्याउनु पर्ने जनाएका छन् ।

प्रवक्ताले अवाञ्छित गतिविधि नगर्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएका छन् । कोभिड १९ को महामारीको यससमयमा नेपालले गरेको लकडाउनलाई पालना गर्न आफ्ना चीनले आफ्ना नागरिकहरुलाई अनुरोध गरेको छ ।

दूतावासले चिनिया नागरिकको वैधानिक अधिकार र हितको रक्षा गर्न नेपाली पक्षलाई अनुरोध गरेको छ ।नेपालमा रहेका आफन नागरिकहरुलाई विशेष उडानमार्फत स्वदेश फर्काइरहेको जनाउँदै दूतावासले घर फर्किन चाहने सबैलाई सम्भव भएसम्म उद्दार गरिरहेको जनाएको छ ।

दूताबासले अप्ठेरो अवस्थामा पनि स्वदेश फर्किनका लागि सहयोग गरेकोमा यसका लागि नेपालको विदेशमन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, पर्यटन विभाग, अध्यागमन विभाग, भन्सार, प्रहरी र र सरकारका सबै विभागलाई धन्यवाद दिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ८ : ५७ बजे

रास्वपा केन्द्रीय समिति बैठक बुधबार

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न समसामयिक विषयमा

सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध

नयाँ सरकारको पहिलो नीति कार्यक्रम

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ

धादिङको बैरेनीमा तीन सवारी एकापसमा ठोक्किँदा ३७ जना घाइते, ३४ जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ बैरेनीमा तीन वटा

‘मोबाइल’को निउँमा भनाभन हुँदा…

चितवन । धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको