३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

भारतीय अतिक्रमण विरुद्ध कदम चाल्न नेकपा प्रवक्ता श्रेष्ठको माग



काठमाडौं । नेपाली भूमी अतिक्रमण गरेर भारतले चीन तिब्बतको मानसरोवर जाने सडक बनाएकोमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रत्र्सना गनुभएको छ ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका सत्तारुढ दल नेकपाका प्रवक्ता श्रेष्ठले भारतीय अतिक्रमण विरुद्ध सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्नुभएको छ ।

श्रेष्ठले ट्वीटरमा लेख्नुभएको छ, ‘भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भूमीमा सडक बनाइ हिँजो उदघाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु । हामी सबै कोरोनाविरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको विरुध्द सरकारले तु कदम चालोस् ।’

गत कात्तिकमा नेपालको अतिक्रमित भूमिलाई समेटेर नयाँ नक्शा जारी गरेको भारतले तिब्बतको मानसरोवर यात्रका लागि नयाँ सडक मार्गको शुक्रबार उद्घाटन गरेको थियो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्समार्फत सो सडकको उद्घाटन गरेका थिए ।

भारतले दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक कालापानी वर्षौदेखि अतिक्रमण गरेको छ । आफैले विवादास्पद भूमि स्वीकार गरेको भारतले अन्तराष्ट्रिय सीमासम्बन्धी अन्तराष्ट्रिय कानुनको उल्लंघन गर्दै भौतिक निर्माणको काम गरेको हो । नेपाली भूमि कालापानीमा भारतले सेनाको क्याम्प राखेको छ ।

भारतीय अतिक्रणम विरुद्ध सरकार र सत्तारुढा दल नेकपाबाट औपचारिक प्रतिक्रिया भने अझैसम्म सार्वजनिक भएको छैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले के गरेको भन्ने कुरा बुझ्न दिल्लीस्थित राजदूत निलम्बर आचार्यलाई निर्देशन दिनुभएको छ । नेपालले बारम्बार आग्रह गर्दा पनि भारतले सीमा विवादबारे छलफल गर्न अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ९ : ५२ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६