५ श्रावण २०८३, मंगलबार | July 21, 2026

४ सय ५ थ्रोट स्वाव बोकेर सेनाको बिमान काठमाण्डौ उड्यो



नेपालगञ्ज । नेपालगञ्जमा शनिवार संकलन गरिएको थ्रोट स्वाब नेपाली सेनाको बिमानबाट परीक्षणका लागि काठमाण्डौ पठाइएको छ । शनिबार संकलन गरिएको ४ सय ५ जनाको थ्रोट स्वाब परीक्षणका लागि काठमाण्डौ पठाइएको हो ।

नेपालगञ्जको टांगा स्टेशन क्षेत्रबाट शनिवार संकलन गरिएको १ सय ६२ जनाको र बर्दियाका २ सय ४३ जनाको स्वाब नेपाली सेनाको बिमानबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

भेरी अस्पतालमा एक दिनमा १ सय स्याम्पल भन्दा बढी परिक्षण गर्न असम्भव भएपछि बढि संकलन भएका स्याम्पल काठमाण्डौ पठाइएको श्रेष्ठले बताउनुभयो । काठमाण्डौ पठाईएका स्याम्पलको रिपोर्ट २४ घण्टाभित्रै आउने उहांले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ स्थित टांगा स्टेशनमा स्वाब संकलन गर्ने कार्य सकिएको छ भने नगर भवन आसपासको क्षेत्र तथा ११ नं. वडाको नाका टोलबाट स्वाब संकलन भईरहेको छ । स्थानीयस्तरबाट संकलन गरिएका नमुनाको परीक्षण भेरी अस्पतालको प्रयोगशालामा गरिने छ ।

नेपालगन्जमा मात्र २४ जनामा कोरोना संक्रमण भेटिएपछि नमुना संकलन गर्ने र परिक्षण गर्ने कार्यलाई तिब्र बनाईएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ८ : २३ बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ