१८ चैत्र २०७९, शनिबार | April 1, 2023

दुई करोडको पुल छ महिना टिकेन



म्याग्दी । निर्माण सम्पन्न भएको छ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयले दुई करोड १० लाखको लागतमा कालिका शर्मा रसुवा जेभीमार्फत गत मङ्सिरमा सो पुल निर्माण गरेको थियो ।

पाँच सय ३१ मिटर लम्बाइको सो पुलको बीच भागमा दुईवटा भ्वाङ परेको स्थानीयवासी सेते तिलिजाले जानकारी दिनुभयो । पुल दायाँबायाँ भागको जमीन भासिएको छ भने पर्खालसमेत भत्किन थालेकाले कुनै पनि बेला दुर्घटना हुनसक्ने स्थानीयवासीको भनाइ छ ।

पुलको अवस्था र त्यसबाट उत्पन्न सम्भावित जोखिमका बारेमा स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी गराइएको छ । ठेकेदार कम्पनीले पुल निर्माण गर्दा गुणस्तरहीन सामग्री प्रयोग गरेको जनप्रतिनिधिलाई थाहा हुँदाहुँदै पनि चासो नराखेकाले यस्तो अवस्था आएको स्थानीयवासी सुबोध बरुवाल क्षेत्रीले बताउनुभयो । ठेकेदारले एकसरो ढलान गरेको र स्थानीय जनप्रतिनिधिले पनि चासो नराखेको हुँदा छ महिना पनि नबित्दै पुल भत्किने अवस्थामा पुगेको स्थानीयवासी डिल गर्वुजाले बताउनुभयो ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ८ : १६ बजे

समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा प्रथम र नग्मा

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको

भरत तालमा पर्यटकको घुँइचो

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन

आजदेखि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि

बालसुधार गृहका २४ जनाले दिए एसइई

नेपालगन्ज । अपराध कर्ममा फसेका बालकलाई सरकारले संचालन गरेको बाँकेको

दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन

बागलुङ । ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो