१८ माघ २०७९, बुधबार | February 1, 2023

नेपाली भूमिमा भारतको १९ किलोमिटर सडक : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं । भारतले नेपाली भूमिा १९ किलोमिटर सडक बनाएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भारतले दार्चुलाको लिपुलेक हुँदै बनाएको सनिर्माणका लागि १९ किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको जानकारी दिनुभएको हो ।

यो सडक भारतले मानसरोवर जोड्ने लक्ष्यका साथ बनाएको हो । तर परराष्ट्रमन्त्रीले जम्मा १९ किलोमिटर सडक नेपाली भूमिमा रहेको जानकारी दिए पनि दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने नेपाली भूमिमा भारतको २० देखि २२ किलोमिटर सडक रहेको बताउनुभएको छ ।

मन्त्री ज्ञवालीले भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेकोबारे विस्तृत जानकारी दिल्लीस्थित नेपाली दूतावासबाट मगाइसकेको बताउनुभयो ।

भारतले लिपुलेक हुँदै तिब्बत जोड्ने सडकको अवधारणा सन् १९९९ मा विकास गरेको पनि जानकारी दिँदै ज्ञवालीले सन् २०१४ मा नरेन्द्र मोदी सरकारको नेतृत्वमा आएपछि भारतले सडक निर्माणमा तीव्रता दिएको बताउनुभयो ।

भारत सरकारले सन् २००५ मा स्वीकृत गरेको सो सडकमार्गको निर्माण कार्य सन् २००८ मा सुरु गरेको थियो ।

मन्त्री ज्ञवालीले नेपाल–भारत सीमाको वैज्ञानिक आधार सन् १८१६ को सुगौली सन्धि भएको स्पष्ट पार्दै विवादित विषय सुगौली सन्धिअनुसार नै समाधान हुनुपर्छ भन्नेमा नेपाल अडिग रहेको दोहो-याउनुभयो ।

सीमा विवाद कूटनीतिक तहबाटै समस्या समाधान उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : ५४ बजे

बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन आयोजना हुने

बुटवल । बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ

यस्ता छन् क्रिकेट सङ्घका निर्णय

पोखरा । नेपाल क्रिकेट सङ्घ (क्यान)को पोखरामा बसेको बोर्ड बैठकले

प्रधानमन्त्रीद्वारा अतिविशिष्ट व्यक्ति सुरक्षा प्रदर्शनीको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अतिविशिष्ट व्यक्ति सुरक्षा

‘एन आई सी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न, मर्चेन्टहरुको उल्लेख्य सहभागिता

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले ‘सेलेब्रेटिङ डिजिटल

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ