१४ चैत्र २०७९, मंगलबार | March 28, 2023

सगरमाथा चीनमा पर्ने भन्दै चिनिया सञ्चारमाध्यममा आयो झुटो दाबी



काठमाडौं । कालापानी, लिपुलेकमा भारतले नेपालको १९ किलोमिटर भुमि मिचेर सडक उदघाटन गरेको चर्चा सेलाउन नपाउंदै चीनको एक सन्चार माध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने उल्लेख गरेर नयां बिबादको सुरुवात गरेको छ ।

चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क [सीजीटीएन]ले ट्वीटर मार्फत सगरमाथा चिनिया भुभागमा पर्ने उल्लेख गरेको छ ।

सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरिएको छ ।

सीजीटीएनले गलत सूचना सम्प्रेषण गरेसंगै नेपाल लगायत बिश्व समुदायका सामाजिक सन्जालमा चिनिया दाबीको विरोध पनि सुरु भएको छ । सामाजिक सञ्जालकर्ताहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन चिनिया सञ्चारमाध्यमलाई सुझाव दिइरहेका छन् ।

ऐतिहासिक तथ्यांक अनुसार सगरमाथाको उत्तरी मोहडा मात्र चीनतर्फ पर्दछ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उत्तरी मोहडाबाट चीनले सगरमाथाको उचाइ नाप्न सुरु गरेको छ । त्यसका लागि गत बुधबार चिनियाँ सर्भेयर र आरोहीको टोली आधार शिविर पुगेका छन् ।

भारतीय सर्भेयरको सहयोगमा सगरमाथाको उचाइ पहिलोपटक सन् १९५० को दशकमा नापिएको थियो । त्यतिबेलादेखि हालसम्म सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४८ मिटर मानिएको छ ।

सन् वि.सं. २०७२ मा नेपालमा आएको भूकम्पले सगरमाथाको उचाइ केही घटेको हुन सक्ने अनुमान पनि गरिएको छ । गत वर्ष जेठ महिनामा नेपालको नापी विभागको टोली सगरमाथाको उचाइ नापेर फर्किएपनि हालसम्म त्यसको रिपोर्ट सार्वजनिक गरिएको छैन ।

 

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १२ : ५८ बजे

‘तिलौराकोट-कपिलबस्तु सम्पदा उत्सव’

लुुम्बिनी । प्राचिन शाक्य गणराज्यको राजधानी कपिलबस्तुका पुरातात्विक सम्पदाहरुको संरक्षण

एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा

काठमाडौं । नेकपा (एमाले) ले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका

एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली

गुल्मी । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

कांग्रेस कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सर्‍यो

काठमाडौं । मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति

आर्ट अफ लिभिङको आयोजनामा ‘रामलला की माता’ कथा

भैरहवा । मानवलाई ‘जिवन जिउने कला’ सिकाउदै अघि बढेको संस्था