१८ चैत्र २०७९, शनिबार | April 1, 2023

काँग्रेसको आरोप, – भारतीय अतिक्रमण विरुद्ध सरकार वक्तव्यमा मात्र सीमित



काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमण विरुद्ध सरकारले वक्तव्य मात्रै निकालेर नपुग्ने भन्दै कुटनीतिक तहबाट दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लिपुलेकमा भारतले गरेको सडक विस्तारबारे सरकार वक्तव्यमा मात्रै सीमित हुन नहुने बताउनुभएको हो ।

सभापति देउवाले विज्ञप्तिमा भन्नुभएको छ, ‘चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचार बारे सरकारको धारणा माग गर्दै उच्चस्तरीय कुटनैतिक पहल मार्फत दीर्घकालीन समाधान खोज्न, सरकारको दायित्व पुनः स्मरण गराएको थियो ।’

भारतीय अतिक्रमणबारे जानकारी भएको दुई दिन वित्दा पनि सरकारले सरकारले उच्च स्तरीय कुटनैतिक पहल प्रारम्भ नगरेर गम्भीर विषयमा केवल वक्तव्य मात्रै जारी गरेको भन्दै देउवाले सरकारको आलोचना समेत गर्नुभएको छ ।

‘लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालकै हुन् । सरकारमा रहेका बेला होस् या आज प्रतिपक्षमा छँदा यी भू–भागबारे कांग्रेसले सदैव प्रष्ट धारणा राख्दै र आवश्यक भूमिका निभाउँदै आएको छ’,  विज्ञप्तिमा भनिएको छ ।

सन् २०१५ मे मा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेकबारे बेइजिङमा भएको सहमतिप्रति नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले दुवै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर नेपालका तर्फबाट प्रष्ट धारणा र गम्भीर असहमति प्रकट गरेको सभापति देउवाले स्मरण गराउनुभएको छ ।

सरकार नक्शा प्रकरणमा पनि वक्तव्यमा मात्र सीमित भएको आरोप लगाउँदै देउवाले अहिले फेरि त्यही प्रवृत्ति दोहरिनु दुःखद् भएको बताउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रवादको प्रश्न केवल वक्तव्यको बिषय होइन, यो परिणाममुखी हुनुपर्दछ भन्ने कुरामा कांग्रेस विगत देखिनै निरन्तर प्रष्ट छ । नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनु पर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न प्रक्रिया थालनी गरोस्, राष्ट्रियताको प्रश्नमा कांग्रेस सरकारको साथमा रहनेछ ।’

 

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १ : २० बजे

सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’

रामपुर । हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा

कविता : ‘उपियाँको साम्राज्य हो त्यो!’

निमुखा र गरिबको रगत र पसिना चुसेर ठडिएको महल, महल

समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा प्रथम र नग्मा

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको

भरत तालमा पर्यटकको घुँइचो

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन

आजदेखि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि