१८ श्रावण २०८३, सोमबार | August 3, 2026

काँग्रेसको आरोप, – भारतीय अतिक्रमण विरुद्ध सरकार वक्तव्यमा मात्र सीमित



काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमण विरुद्ध सरकारले वक्तव्य मात्रै निकालेर नपुग्ने भन्दै कुटनीतिक तहबाट दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लिपुलेकमा भारतले गरेको सडक विस्तारबारे सरकार वक्तव्यमा मात्रै सीमित हुन नहुने बताउनुभएको हो ।

सभापति देउवाले विज्ञप्तिमा भन्नुभएको छ, ‘चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचार बारे सरकारको धारणा माग गर्दै उच्चस्तरीय कुटनैतिक पहल मार्फत दीर्घकालीन समाधान खोज्न, सरकारको दायित्व पुनः स्मरण गराएको थियो ।’

भारतीय अतिक्रमणबारे जानकारी भएको दुई दिन वित्दा पनि सरकारले सरकारले उच्च स्तरीय कुटनैतिक पहल प्रारम्भ नगरेर गम्भीर विषयमा केवल वक्तव्य मात्रै जारी गरेको भन्दै देउवाले सरकारको आलोचना समेत गर्नुभएको छ ।

‘लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालकै हुन् । सरकारमा रहेका बेला होस् या आज प्रतिपक्षमा छँदा यी भू–भागबारे कांग्रेसले सदैव प्रष्ट धारणा राख्दै र आवश्यक भूमिका निभाउँदै आएको छ’,  विज्ञप्तिमा भनिएको छ ।

सन् २०१५ मे मा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेकबारे बेइजिङमा भएको सहमतिप्रति नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले दुवै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर नेपालका तर्फबाट प्रष्ट धारणा र गम्भीर असहमति प्रकट गरेको सभापति देउवाले स्मरण गराउनुभएको छ ।

सरकार नक्शा प्रकरणमा पनि वक्तव्यमा मात्र सीमित भएको आरोप लगाउँदै देउवाले अहिले फेरि त्यही प्रवृत्ति दोहरिनु दुःखद् भएको बताउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रवादको प्रश्न केवल वक्तव्यको बिषय होइन, यो परिणाममुखी हुनुपर्दछ भन्ने कुरामा कांग्रेस विगत देखिनै निरन्तर प्रष्ट छ । नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनु पर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न प्रक्रिया थालनी गरोस्, राष्ट्रियताको प्रश्नमा कांग्रेस सरकारको साथमा रहनेछ ।’

 

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १ : २० बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं