२० आश्विन २०८३, मंगलबार | October 7, 2026

स्वयंसेवामा निरन्तर खटिँदै हिन्दु स्वयंसेवकहरु, आइतबार ३२ सय ४४ जनालाई खाना खुवाइयो



काठमाडौं । कोरोना भाईरसको संक्रमणबाट जोगिन सरकारले लगाएको लगाएको लकडाउनका कारण खाना खानसमेत अप्ठेरोमा परेका व्यक्तिहरुलाई हिन्दू स्वयम् सेवक सघं परिवार र पशुपति गौशाला धर्मशालाले खाना वितरण कार्यलाई निरन्तरता दिएका छन् ।

हिन्दू स्वयंसेवक संघ नेपाल विचार परिवारका विभिन्न सङ्गठनहरुको सहयोग एवं समन्वयमा र श्री पशपति गौशाला धर्मशालाको व्यवस्थापनमा आइतबार पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खाना खुवाइएको छ ।

तीनकुने गैरीगाउँमा ५८६ जना , जैसिदेवाल र रामघाट २३५ जना, भक्तपुर जिल्लाको जडिबुटी मनोहरा सुकुम्बासी बस्तीमा १४ सय ८० जना, अनाम नगरमा ६० जना, सिफलमा १५० जना र काठमाडौं ओम् शान्ति चोकमा ७३० जना गरी ३२ सय ४४ जनालाई खाना खुवाइएको संघले जनाएको छ ।

लकडाउनको कारण घर जान नपाएकाहरुका परिवार, असाहय, गरिब परिवारहरुलाई सघंको केन्द्रीय कार्यालय गौरीघाट (केशव धाम)ले लकडाउनको तेस्रो दिनबाट खाना वितरण कार्य सुरु गरेको थियो । खाना वितरण कार्य लकडाउन अवधिभरि नै जारी रहने पनि जनाईएको छ ।

सघंले लकडाउनको पहिलो २० दिन पशुपति र गुह्यश्वरीमा मात्र खाना खुवाउँदै आएको थियो । तर, खाना खानेको संख्या बढ्दै जाँदा पशुपति गौशाला धर्मशालासँग समन्वय गरी हाल ८ ठाउँमा खाना वितरण गरिरहेको छ ।



प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : ०३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते