२३ जेष्ठ २०८३, शनिबार | June 6, 2026

स्वयंसेवामा निरन्तर खटिँदै हिन्दु स्वयंसेवकहरु, आइतबार ३२ सय ४४ जनालाई खाना खुवाइयो



काठमाडौं । कोरोना भाईरसको संक्रमणबाट जोगिन सरकारले लगाएको लगाएको लकडाउनका कारण खाना खानसमेत अप्ठेरोमा परेका व्यक्तिहरुलाई हिन्दू स्वयम् सेवक सघं परिवार र पशुपति गौशाला धर्मशालाले खाना वितरण कार्यलाई निरन्तरता दिएका छन् ।

हिन्दू स्वयंसेवक संघ नेपाल विचार परिवारका विभिन्न सङ्गठनहरुको सहयोग एवं समन्वयमा र श्री पशपति गौशाला धर्मशालाको व्यवस्थापनमा आइतबार पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खाना खुवाइएको छ ।

तीनकुने गैरीगाउँमा ५८६ जना , जैसिदेवाल र रामघाट २३५ जना, भक्तपुर जिल्लाको जडिबुटी मनोहरा सुकुम्बासी बस्तीमा १४ सय ८० जना, अनाम नगरमा ६० जना, सिफलमा १५० जना र काठमाडौं ओम् शान्ति चोकमा ७३० जना गरी ३२ सय ४४ जनालाई खाना खुवाइएको संघले जनाएको छ ।

लकडाउनको कारण घर जान नपाएकाहरुका परिवार, असाहय, गरिब परिवारहरुलाई सघंको केन्द्रीय कार्यालय गौरीघाट (केशव धाम)ले लकडाउनको तेस्रो दिनबाट खाना वितरण कार्य सुरु गरेको थियो । खाना वितरण कार्य लकडाउन अवधिभरि नै जारी रहने पनि जनाईएको छ ।

सघंले लकडाउनको पहिलो २० दिन पशुपति र गुह्यश्वरीमा मात्र खाना खुवाउँदै आएको थियो । तर, खाना खानेको संख्या बढ्दै जाँदा पशुपति गौशाला धर्मशालासँग समन्वय गरी हाल ८ ठाउँमा खाना वितरण गरिरहेको छ ।



प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : ०३ बजे

ओझलमा ऐतिहासिक ढोलथान

म्याग्दी । बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र

८०० किलोमिटर लक्ष्य, चार सय ९२ किलोमिटर मात्र दुई लेन सडक कालोपत्र

काठमाडौँ । चालु आर्थिक वर्षको हालसम्म देशभर कूल चार सय

हुरीले फेवातालमा फसेका १२ पर्यटकको उद्धार

पोखरा । पोखरा–६ बैदामस्थित फेवातालमा ‘बोटिङ’ गर्ने क्रममा हुरीका कारण

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस

स्थानीय तहको निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको प्रतिनिधित्व बढाउन बहस सुरु

बुटवल । संविधानले हरेक तहमा ३३ प्रतिशत सहभागिता अनिवार्य गरेपछि