७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख ८३ हजार ८ सय ५२ पुग्यो



काठमाडौ । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ८३ हजार ८ सय ५२ पुगेको छ ।
कोरोना संक्रमितको संख्या झन्डै ४२ पुगेको छ ।

ओल्र्डमिटरका अनुसार आज बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कुल ४१ लाख ८० हजार १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमितको संख्या अमेरिकामा सवैभन्दा धेरै रहेको छ । अमेरिकामा १३ लाख ७६ हजार ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, स्पेनमा २ लाख ६४ हजार ३ सय ५०, बेलायतमा २ लाख १९ हजार ४ सय ४९, इटालीमा २ लाख १९ हजार ७०, रुसमा २ लाख ९ हजार ६ सय ८८, फ्रान्समा १ लाख ७७ हजार ९४, जर्मनीमा १ लाख ७१ हजार ८ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक छ ।
त्यहाँ ८० हजार ७ सय ८७ जनाको मृत्यु भइसकेको छ । बेलायतमा ३१ हजार ९ सय ३०, इटालीमा ३० हजार ५ सय ६०, स्पेनमा २६ हजार ६ सय २१, फ्रान्समा २६ हजार ३ सय ८३, ब्राजिलमा ११ हजार १ सय २३, बेल्जियममा ८ हजार ६ सय ५६ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर १४ लाख ६ हजार ३ सय ४५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ । त्यहाँ २ लाख १६ हजार १ सय ६९ संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, १ लाख ४४ हजार ४ सय, स्पेनमा १ लाख ३६ हजार १ सय ६६, इटालीमा १ लाख ५ हजार १ सय ८६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा पनि १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३३ जना संक्रमणमुक्त भइसकेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ७ : २२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई