७ आश्विन २०८३, बुधबार | September 23, 2026

बालकविता वाचन गर्दैै गगन थापाबाट संसद बैठकमा प्रधानमन्त्रीको आलोचना



काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली वच्चाको जस्तो भएको भन्दै संसदमै बाल कविता सुनाउनुभएको छ ।

सांसद गगन थापाले संसदमा कविता वाचन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नुभएको छ ।

भारतले नेपाली भूमि मिचेको, विदेशमा अलपत्र परेका नागरिकहरुको पीडा सरकारले नसुनेको विषयमा थापाले कविताबाटै प्रधानमन्त्रीको आलोचना गर्नुभएको हो । भारतले नेपाली भूमि मिचेको विषयमा थापाले कविताको पहिलो हरफमा भन्नभुएको छ, ‘‘छैन यहाँ देशको नक्सा मेटिएको, न त लिपुलेकर्लाइ डोजरले रेटिएको, यस्तो सबल सरकार छ सीमा कसले मिच्ने, कोही छैनन जोरी खोज्ने को ही छैन्न हेप्ने ।’’ थापाले कोरोना महामारीको समयमा गरिब जनताले राहत नपाएको, विदेशमा अलपत्र परेका नागरिकहरुको आवाज सरकारले नसुनेको भन्दै ब्यंग्य गनुभएको छ ।

म त भाग्यमानी

छैन यहाँ देशको नक्सा मेटिएको

न त लिपुलेकलाई डोजरले रेटिएको

यस्तो सबल सरकार छ सीमा कसले मिच्ने

कोही छैनन जोरी खोज्ने को ही छैन्न हेप्ने

सयौँं कोस हिड्दा पनि श्रमिक छैनन आहात

गरिबलाई सम्मान छ गरिबलाई राहात

विदेशमा कोही पनि अलपत्र छैनन्

दुःख पीडा सुनाउने ती नेपाली नै होइनन् ।

जनताको व्यथालाई ध्यान दिएर सुन्ने

कृषक साना व्यापारीको सारै मर्म बुझ्ने

भ्रष्टाचारलाई नसहने सरकारको छ नी

हावादारी हल्ला हुन ओम्नी र यती

सबैतिर वाह वाह यस्तो विकास देख्दा

पत्रकार नी दंग छन् यी समाचार लेख्दा

कोमल हृदयका प्रधानमन्त्री आँसु कवि हाम्रा

दिन नविराई सिर्जना छ, आहा कति राम्रा

राहत खोज्दै आउनेलाई तीनै गीत दिउँला

गीत कविता भट्याउँदै कालापानी जाउँला

सारा नेपाल हाँसेको छ मेची काली गाउँछ ।

आँसु आए बरु त्यही गीतले आउँछ ।

यस्तो नायक गजबका ल्यायौँ जानी जानी

ओहो हामी नेपाली त सारै भाग्यमानी

आ हो साह्रै भाग्यमानी म त भाग्यमानी

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १ : ०१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११