४ जेष्ठ २०८२, आइतबार | May 19, 2025

बालकविता वाचन गर्दैै गगन थापाबाट संसद बैठकमा प्रधानमन्त्रीको आलोचना



काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली वच्चाको जस्तो भएको भन्दै संसदमै बाल कविता सुनाउनुभएको छ ।

सांसद गगन थापाले संसदमा कविता वाचन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नुभएको छ ।

भारतले नेपाली भूमि मिचेको, विदेशमा अलपत्र परेका नागरिकहरुको पीडा सरकारले नसुनेको विषयमा थापाले कविताबाटै प्रधानमन्त्रीको आलोचना गर्नुभएको हो । भारतले नेपाली भूमि मिचेको विषयमा थापाले कविताको पहिलो हरफमा भन्नभुएको छ, ‘‘छैन यहाँ देशको नक्सा मेटिएको, न त लिपुलेकर्लाइ डोजरले रेटिएको, यस्तो सबल सरकार छ सीमा कसले मिच्ने, कोही छैनन जोरी खोज्ने को ही छैन्न हेप्ने ।’’ थापाले कोरोना महामारीको समयमा गरिब जनताले राहत नपाएको, विदेशमा अलपत्र परेका नागरिकहरुको आवाज सरकारले नसुनेको भन्दै ब्यंग्य गनुभएको छ ।

म त भाग्यमानी

छैन यहाँ देशको नक्सा मेटिएको

न त लिपुलेकलाई डोजरले रेटिएको

यस्तो सबल सरकार छ सीमा कसले मिच्ने

कोही छैनन जोरी खोज्ने को ही छैन्न हेप्ने

सयौँं कोस हिड्दा पनि श्रमिक छैनन आहात

गरिबलाई सम्मान छ गरिबलाई राहात

विदेशमा कोही पनि अलपत्र छैनन्

दुःख पीडा सुनाउने ती नेपाली नै होइनन् ।

जनताको व्यथालाई ध्यान दिएर सुन्ने

कृषक साना व्यापारीको सारै मर्म बुझ्ने

भ्रष्टाचारलाई नसहने सरकारको छ नी

हावादारी हल्ला हुन ओम्नी र यती

सबैतिर वाह वाह यस्तो विकास देख्दा

पत्रकार नी दंग छन् यी समाचार लेख्दा

कोमल हृदयका प्रधानमन्त्री आँसु कवि हाम्रा

दिन नविराई सिर्जना छ, आहा कति राम्रा

राहत खोज्दै आउनेलाई तीनै गीत दिउँला

गीत कविता भट्याउँदै कालापानी जाउँला

सारा नेपाल हाँसेको छ मेची काली गाउँछ ।

आँसु आए बरु त्यही गीतले आउँछ ।

यस्तो नायक गजबका ल्यायौँ जानी जानी

ओहो हामी नेपाली त सारै भाग्यमानी

आ हो साह्रै भाग्यमानी म त भाग्यमानी

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १ : ०१ बजे

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा नेपालगन्जमा विशेष कार्यक्रम

नेपालगन्ज । चलचित्र पत्रकार संघ नेपालको २६ औ वार्षिक उत्सव

हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष प्रचण्ड

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

संगठन सुदृढीकरण र समाजवादी अर्थतन्त्र निर्माणमा जुट्न प्रचण्डको आग्रह

दैलेख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दैलेखको

स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन, चालक पक्राउ

काठमाडौं । प्रहरीले चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे

मोफसल यात्रामा ‘ऊनको स्वीटर’ टोली

बुटवल । फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म